प्रहरीले सुरु गर्‍यो चुनावी तयारी, १ लाखभन्दा बढी म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रारम्भिक खाका

काठमाडौं । प्रहरीले चुनावी तयारीलाई मध्यनजर गर्दै सुरक्षा रणनीतिको खाका बनाउन सुरु गरेको छ। कार्य तथा अपराध अनुसन्धान विभागका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको नेतृत्वमा चुनावी सुरक्षा रणनीतिको खाका बनाउने काम सुरु गरेको हो।

आगामी बैसाख १७ र २७ गते गरी दुई चरणमा हुने भएको चुनावलाई मध्यजनर गरेर प्रहरी प्रधान कार्यालयले प्रारम्भिक खाका बनाउने काम सुरु गरेको नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुवँरले नेपाल लाइभलाई जानकारी दिए।

चुनावी सुरक्षाका लागि आवश्यक पर्ने सामग्री, जनशक्ति, संवेदनशील क्षेत्रहरुको पहिचान लगायतको काम सुरु गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। विगतको चुनावी सुरक्षा रणनीतिलाई आधार मान्दै आगामी सुरक्षा रणनीतिको खाका बनाउन सुरु गरिएको छ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट हुने सुरक्षा चुनौती, विप्लव प्रभावित क्षेत्रहरुको पहिचान र वर्गीकरणलगायतका काम पनि सुरु गरिएको हेडक्वार्टरले जनाएको छ।

नेकपा फुट र प्रतिबन्धित विप्लव नेकपा चुनावी सुरक्षाका लागि मुख्य चुनौती देखिएको प्रहरीले विश्लेषण गरेको छ। प्रतिबन्धित विप्लव नेकपाको गतिविधिलाई जानकार एसएसपी टेकप्रसाद राईको नेतृत्वमा एक समिति बनाएर आगामी चुनावमा हुनसक्ने चुनौती र त्यसको समाधानका लागि समेत रणनीति बनाउने काम सुरु गरिएको प्रहरी स्रोतले जानकारी दियो।

त्यसैगरी सत्तारुढ नेकपामा भएको फुटका कारण आगामी चुनावमा ओली समूह प्रचण्ड-माधव समूह पनि मुख्य चुनौती रहेको विश्लेषण सुरु गरिएको छ। यी दुई समूहबीच हुनसक्ने झडप अर्को चुनौती रहेको प्रहरीले जनाएको छ।

त्यसगरी आगामी चुनावका लागि एक लाखभन्दा बढी म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रारम्भिक खाका तयार पारिएको छ। चुनाव हुनभन्दा ४५ दिनअघि म्यादी प्रहरी भर्ना गरिसक्नु पर्ने र १५ दिनसम्म तालिम दिएर फिल्डमा खटाउनुपर्ने प्रारम्भिक खाकामा उल्लेख गरिएको छ।

उनीहरुलाई चाहिने बन्दोबस्तीका सामान, लताकपडा लठ्ठीलगायतको आपूर्तिका विषय पनि एआइजी पोखरेल नेतृत्वको कमिटीले तयार पारेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..