संविधानको व्यवस्थालाई कुल्चेर प्रम ओलीले प्रतिनिधिसभा विघटन गरे : विडारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले संविधानको व्यवस्थालाई कुल्चेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउनुभएको छ ।

विहीबार (आज) राष्ट्रियसभाको बैठकमा बोल्दै बिडारीले प्रधानमन्त्री ओलीले संविधानको व्यवस्थालाई कुल्चेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउनुभएको हो । उहाँले संविधान मस्यौदा गर्दा मस्यौदा कार्यदल बनाएको र उक्त १५ जनामा आफूपनि एक सदस्य रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कृष्ण सिटौलाको संयोजकत्वमा पाँच जनाको विज्ञ टोली बनाएको थियो, त्यसमा पनि थिएँ । केपी ओली निरन्तर आउनु भएको थियो । सुवास नेम्वाङ पनि हुनुहुन्थ्यो । त्यहाँ भएको टेप रेकर्ड यहाँ बजाइयोस्, हामीले कति नालायक काम गरेछौँ, थाहा हुन्छ ।’

उहाँले संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने व्यवस्था नभएको बताउँदै ‘म दलको बैठकमा आउदिन, निर्णय मान्दिन र संविधान मान्दिन भन्ने काम कसले ग¥यो ?’ भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न पनि गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..