संविधानको व्यवस्थालाई कुल्चेर प्रम ओलीले प्रतिनिधिसभा विघटन गरे : विडारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले संविधानको व्यवस्थालाई कुल्चेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउनुभएको छ ।

विहीबार (आज) राष्ट्रियसभाको बैठकमा बोल्दै बिडारीले प्रधानमन्त्री ओलीले संविधानको व्यवस्थालाई कुल्चेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउनुभएको हो । उहाँले संविधान मस्यौदा गर्दा मस्यौदा कार्यदल बनाएको र उक्त १५ जनामा आफूपनि एक सदस्य रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कृष्ण सिटौलाको संयोजकत्वमा पाँच जनाको विज्ञ टोली बनाएको थियो, त्यसमा पनि थिएँ । केपी ओली निरन्तर आउनु भएको थियो । सुवास नेम्वाङ पनि हुनुहुन्थ्यो । त्यहाँ भएको टेप रेकर्ड यहाँ बजाइयोस्, हामीले कति नालायक काम गरेछौँ, थाहा हुन्छ ।’

उहाँले संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने व्यवस्था नभएको बताउँदै ‘म दलको बैठकमा आउदिन, निर्णय मान्दिन र संविधान मान्दिन भन्ने काम कसले ग¥यो ?’ भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न पनि गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..