अब रोयल स्ट्यागको उत्पादन नेपालम

काठमाडौं । उही स्वाद र थप आकर्षण बोकेर रोयल स्ट्याग चार बर्ष पछि पुनः नेपाली बजारमा छाएको छ ।

नेपालको मदिरा बजारमा राम्रो उपस्थिति बनाएपनि चार बर्ष अघि नेपालको बजारबाट बाहिरिएको भारतीय मदिरा रोयल स्ट्याग गएको दशैंको पूर्व सन्ध्याामा पुनः नेपाली बजारमा आएको हो ।

रोयल्टीसम्बन्धी नयाँ कानूनका कारण ४ वर्षअगाडि नेपालबाट बाहिरिएको रोयल स्ट्यागको नेपालमा विनर लिक्कर्सले उत्पादन थालेपछि यो नेपाली बजारमा पुनः उदाएको हो ।

नयाँ लगानीकर्ताहरुको व्यवस्थापनमा रोयल स्ट्यागको रोयल्टी लिएर नेपालमा नै उत्पादन गर्ने गरी उद्योग स्थापना भएपछि भारतबाट ल्याउनु पर्ने बाध्यता पनि हटेको छ ।

रोयल स्ट्यागको नेपालमा उत्पादन गर्ने गरी व्यवसायी रोहित कोहलीले २ वर्षअघि विनर लिक्कर्स कम्पनीलाई खरिद गरेका थिए भने उनीसँगको साझेदारीमा क्याप्टेन रामेश्वर थापा पनि रहेका छन् ।

उद्योग खरिदसँगै रोयल स्ट्याग ह्विस्की उत्पादनका लागि कम्पनीले ४० करोड लगानी थप गरेको छ ।

यसअघि रोयल स्ट्याग हिमालयन डिस्ट्रिलरीसँग सम्झौता गरेर १६ वर्षसम्म नेपालमा उत्पादन भएको थियो । तर अब यो विनर लिक्कर्स कम्पनीमार्फत उत्पादन भई देशभरको बजारमा पुगेको छ ।

नेपालमा नै कम्पनी स्थापना भएपछि नेपाली युवाहरुलाई रोजगारीका लागि अवसर पनि जुटेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..