अब रोयल स्ट्यागको उत्पादन नेपालम

काठमाडौं । उही स्वाद र थप आकर्षण बोकेर रोयल स्ट्याग चार बर्ष पछि पुनः नेपाली बजारमा छाएको छ ।

नेपालको मदिरा बजारमा राम्रो उपस्थिति बनाएपनि चार बर्ष अघि नेपालको बजारबाट बाहिरिएको भारतीय मदिरा रोयल स्ट्याग गएको दशैंको पूर्व सन्ध्याामा पुनः नेपाली बजारमा आएको हो ।

रोयल्टीसम्बन्धी नयाँ कानूनका कारण ४ वर्षअगाडि नेपालबाट बाहिरिएको रोयल स्ट्यागको नेपालमा विनर लिक्कर्सले उत्पादन थालेपछि यो नेपाली बजारमा पुनः उदाएको हो ।

नयाँ लगानीकर्ताहरुको व्यवस्थापनमा रोयल स्ट्यागको रोयल्टी लिएर नेपालमा नै उत्पादन गर्ने गरी उद्योग स्थापना भएपछि भारतबाट ल्याउनु पर्ने बाध्यता पनि हटेको छ ।

रोयल स्ट्यागको नेपालमा उत्पादन गर्ने गरी व्यवसायी रोहित कोहलीले २ वर्षअघि विनर लिक्कर्स कम्पनीलाई खरिद गरेका थिए भने उनीसँगको साझेदारीमा क्याप्टेन रामेश्वर थापा पनि रहेका छन् ।

उद्योग खरिदसँगै रोयल स्ट्याग ह्विस्की उत्पादनका लागि कम्पनीले ४० करोड लगानी थप गरेको छ ।

यसअघि रोयल स्ट्याग हिमालयन डिस्ट्रिलरीसँग सम्झौता गरेर १६ वर्षसम्म नेपालमा उत्पादन भएको थियो । तर अब यो विनर लिक्कर्स कम्पनीमार्फत उत्पादन भई देशभरको बजारमा पुगेको छ ।

नेपालमा नै कम्पनी स्थापना भएपछि नेपाली युवाहरुलाई रोजगारीका लागि अवसर पनि जुटेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..