घुस लिएकाे आरोपमा मालपोतका नायव सुब्बासहित दुई जना पक्राउ

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएकाे आरोपमा नायब सुब्बासहित २ जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा मालपोत कार्यालय हरिवन, सर्लाहीका नायव सुब्बा बेदनिधी बराल र लेखापढी व्यवसायी राम सुन्दर महतो रहेका अख्तियारले जनाएकाे छ।

मालपोत कार्यालय हरिवनमा कार्यरत नायव सुब्बा बराल र हरिवन नगरपालिका-२ सर्लाहीका लेखापढी व्यवसायी राम सुन्दर महतोले जग्गाधनी दर्ता प्रमाण पत्र (लालपुर्जा) मा नाम संशोधन गरे वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेकाे सूचनाकाे आधारमा आयोगको कार्यालय बर्दिवासबाट खटिएकाे टाेलीले नियन्त्रणमा लिएकाे हाे ।

लेखापढी व्यवसायी महतोलाई सेवाग्राहीबाट एघार हजार रूपैयाँ लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको साथै नायब सुब्बा बराललाई कार्यालयबाटै नियन्त्रणमा लिइएकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..