नक्कली रुपैयाँ कारोबारी विरुद्ध डिआइजी सिंहको ‘स्टिङ अप्रेशन’ सुरु : करिब ३२ लाख बरामद

जनकपुरधाम । प्रदेश २ को विभिन्न जिल्लामा नक्कली नोटको कारोबार वढेको भन्दै त्यसलाई रोकथाम र नियन्त्रण गर्न प्रदेश २ प्रहरी कार्यालय जानकपुरधामका प्रमुख डिआइजी धिरज प्रताप सिंहले प्रदेश २ का ८ वटै जिल्ला प्रहरी प्रमुखहरूलाई नक्कली नेपाली रुपैयाँ कारोबारी विरुद्धको स्टिङ अपरेसन वारेमा जानकारी दिई व्यापक रुपमा प्रहरी परिचालन गरीदै आएको बताउनुभयो ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र बारा प्रहरीले एक महिनामा ३२ लाख नेपाली रुपैयाँ सवारी साधन चेकजाँच गर्ने क्रममा बरामद गरेको प्रहरीले जनाएको छ ।प्रहरीले सिम्रौनगढ नगरपालिका वडा नम्वर ९ स्थित बँसवरीया नहरखण्डमा बुधवार नगद १६ लाख १२ हजारसहित दुई जनालाई पक्राउ गरेको हो ।चोरीको मोबाइल खरिद बिक्री भएको सुचनाको आधारमा चेक जाँच गर्दा बारागढि गाउँपालिका वडा नम्वर ५ सिहासनीका २३ वर्षीय बलिराम चौधरी र छिमेकी राष्ट्र भारत विहार मोतिहारी जिल्ला झरोखरका २७ वर्ष संदिप कुमारको साथमा उक्त रकम बरामद गरिएको प्रहरी उपरिक्षक कृष्ण पंगेनीले जानकारी गराएका छन् ।

सवार दुवै जना सवार रहेको बा. ६४ प ९७०६ नं. को एफ जेढ मोटरसाइकलको खानतलासी गर्दा कुमारले बोकी रहेको पहेलो झोला भित्र रातो प्लास्टिकमा लुकाई राखेको अवस्थामा एक हजारको एक हजार ६ सय १२ थान नक्कली नेपाली नोट बरामद गरिएको उनले बताए ।पक्राउ परेकाहरुसँग बुझदा निजहरुले उक्त नोटहरु मोबाइल बिक्री गरी प्राप्त भएको र मोबाइल खरिद गर्ने व्यक्तिहरूले उक्त नोटहरू दिई ३० थान मोबाइल लिई फरार भएको बयान दिएको प्रहरी उपरिक्षक पंगेनीले बताएका छन् ।

बरामद गरिएको नक्कली नोटसहित दुवै जनालाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नक्कली नोटहरू दिई मोबाइल लिई भागी फरार रहेका मानिसहरूको खोजतलास गर्ने कार्य तिव्र रुपमा भइरहेको छगत भदौ ६ गते महागढीमाई नगरपालिका ७ बेनौली चौकमा सवारी साधन रोकेर चेकजाँच गरेको देखेर मोटरसाइकलमा आएका एक जनाले रातो झोला फालेर भाग्न सफल भएको र फालिएको झोलाबाट १६ लाख नक्कली रकम बरामद गरिएको बाराका प्रहरी उपरीक्षक पगेनीले बताएका छन् ।

झोला भित्र सात सय ६२ थान हजार र १६ सय ७६ थान पाँच सयको गरेर १६ लाख नेपाली रुपैयाँ रहेको उनले बताए । रकम फालेर भाग्ने मानिसलाई खोज तलास गर्ने कार्य शुरु गरिएको पगेनीले बताए ।

फालिएको रकम तस्करी गर्न वा हुण्डीको हुन सक्ने अनुमाग गरिएको प्रहरीले जनाएको छ । लकडाउनको मौका छोपी नक्कली रकमको कारोवार गर्ने गिरोह सक्रिय रहेको बेला प्रहरीको तैनाथीले गर्दा नक्कली कारोवारीमा हडकंप मचेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..