चितवनमा पूर्वप्रधानमन्त्री प्रचण्ड हराउने प्रहरी उपरीक्षक खोज्दै गृहमन्त्री बादल

काठमाडौं । प्रहरी प्रधान कार्यालयले मंगलबार गरेको ३० एसपीको सरुवामा ८ ठूला जिल्लाका इन्चार्ज हेरफेर भयो । पर्सा, बारा, धनुषा, झापा, सिन्धुली, काभ्रे, मकवानपुर र कञ्चनपुरका एसपी सरुवा भए । ती जिल्लाका एसपीको कार्यकाल करिब एक वर्ष हुन लागेकाले सरुवा हुन लागेको छ ।

उनीहरुसँगै चितवन गएका नान्तीराज गुरुङलाई भने हटाइएको छैन । स्रोतका अनुसार कसलाई चितवन पठाउने भन्ने कुरा नमिल्दा उनको सरुवा नभएको हो ।

चितवन गृहमन्त्री रामबहादुर थापा बादलको गृहजिल्ला हो । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको पनि जिल्ला हो चितवन । सोही महत्वपूर्ण जिल्लामा भने एसपीको सरुवा भएन । स्रोतका अनुसार कसलाई पठाउने भन्ने विवादमा हाल हेरफेर नगरिएको हो ।


प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री बादल आफ्ना ‘यसम्यान’ एसपीलाई चितवन पठाउने तयारीमा छन् । चुनाव भएमा प्रचण्डलाई हराउन भूमिका खेल्ने एसपीको खोजी भइरहेको स्रोत बताउँछ ।

यसअघिको चुनावमा प्रचण्डका विश्वासपात्र दीपक थापा चितवनमा थिए । थापाकै सहयोगमा भरतपुरमा रेनु दाहालले चुनाव जितेकी थिइन् । त्यसकारण यसपटक उनलाई हराउन भूमिका खेल्ने एसपी पठाउन लागिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृहजिल्लामा एसपी सानुराम भट्टराईलाई पठाएका हुन् । ओली प्रधानमन्त्री भएलगत्तै भट्टराई उनको पिएसओ बनेका थिए ।

त्यस्तै पर्सामा वेलबहादुर पाण्डे, मकवानपुरमा सोमेन्द्रसिंह राठौर, बारामा दीपेन्द्र शाही, धनुषामा प्रकाश रानाभाट, मकवानपुरमा आभूषण तिमल्सिना, काभ्रेमा भूपेन्द्र खत्री, कञ्चनपुरमा उमा प्रसाद चतुर्वेदीलाई पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एउटा एआईजीले आइजिपी बन्न र ३० बर्षे रोक्न २५ करोडको अफर गरे पछि सिंहको घर जाने मिति नजिकिएको हो..