कार्यकर्ता आकर्षित गर्न प्रम ओली आज धनगढी जाँदै

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार धनगढी जाँदै हुनुहुन्छ । पार्टी विभाजनपछि नेकपाको ओली समूहले धनगढीमा आयोजना गर्ने जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी जान लाग्नुभएकाे हाे ।

प्रधानमन्त्री ओली प्रतिनिधिसभा विघटनपछि पहिलोपटक पत्यकाबाहिरको कार्यक्रममा सहभागी हुन लाग्नुभएकाे हाे । प्रधानमन्त्रीको सुरक्षालाई मध्यनजर राखी धनगढीमा सुरक्षा सतर्कता बढाइएको छ । प्रधानमन्त्री ओलीको भ्रमणलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलले जानकारी दिएको छ ।

सुरक्षाका चार वटै अंग परिचालित गरिएको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कार्यक्रमस्थल, भेटघाट स्थल आवागमन मार्गलगायत सवैतिर सुरक्षा तयारी बढाइएको जानकारी दिनुभयाे ।

नेकपा ओली समूहका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले सभाको तयारी पूरा भएको जानकारी दिनुभयाे । जनसभाका लागि विभिन्न समिति गठन गरिएको उहाँले जानकारी दिनुभयाे । धनगढीमा हुने जनसभामा ५० हजार जनता उतार्ने नेकपा सुदूरपश्चिम ओली समूहको तयारी छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना भने चारदेखि धनगढीमै छन् ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा भंग गरेपछि नेकपाभित्र विवाद चुलिएको छ । जसको असर पार्टीभित्र परेको छ र दुई भिन्न समूह क्रियाशील छन् । संसद विघटनपछि विभाजित नेकपाका दुवै समूहले आ-आफ्ना कार्यक्रमलाई तीव्रता दिएका छन् ।

पार्टी विभाजनपछि सुदूरपश्चिममा ओली समूह कमजोर छ । नेकपाका ३९ जना सांसद मध्ये ओली समूहमा मात्रै ७ जना छन् । तर ओलीले सुदूरपश्चिममा आफ्नो पकड जमाउन प्रतिनिधिसभा विघटनपछि विस्तार गरिएको मन्त्रीमण्डलमा सुदूरपश्चिमबाट मात्रै तीनजनालाई संघीय सरकारको मन्त्री बनाउनुभएकाे छ ।

‘दाहाल-नेपाल’ समूहले प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गर्दै आएको छ भने ओली समूहले निर्वाचनको तयारीमा जुट्न आग्रह गर्दै कार्यकर्ता भेला तथा प्रशिक्षणलाई निरन्तरता दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..