प्रम ओलीको कदमविरुद्ध सबै एकजुट भएर लाग्न माधवकुमार नेपालको आव्हान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओली पार्टीको विधि र पद्धति अनुसार नचलेका कारण समस्या भएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभा विघटनको विरुद्धमा घोषित दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्र्तगत नेकपाले विहीबार नागरिक समाजसँग काठमाडौंमा गरेको अन्तरक्रियामा नेपालले प्रधानमन्त्रीले लोकतन्त्र र संविधानमा धावा बोलेको भन्दै यस विरुद्ध सबै एकजुट भएर लाग्न आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री ओली पार्टीको विधि र पद्धतिमा नचलेको कारणले पार्टीमा समस्या आएको उहाँको आरोप थियो । त्यस्तै नेकपा बरिष्ठ नेता झलनाथ खनालले संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने बेला आएको भन्दै संसद पुनस्र्थापना मार्फत मात्रै संविधानलाई बचाउन सकिने बताउनुभयो ।

कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगानाले सरकारबाट अदालतलाई धम्की दिने काम भइरहेको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्नुपर्ने बताउनुभयो । संसद विघटनका लागि ओलीसँगै समग्र नेकपा नै जिम्मेवार रहेको उहाँले भनाइ थियो ।

त्यस्तै मानव अधिकारवादी कृष्ण पहाडीले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध संयुक्त आन्दोलनको आवश्यकता औल्याउनुभयो । राष्ट्रिय मानव अघिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले राजनीतिक दलको झगडामा नेपाली जनता असहजतामा बाँचिरहेको बताउनुभयो ।

कार्यक्रमका वक्ताहरूले पार्टी एकतायता नेकपाका तर्फबाट भएका कमीकमजोरी, गल्तीप्रति जनता सामु माफी माग्नुपर्ने धारणा समेत राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..