‘अपराध न्यूनीकरणमा सिरहा प्रहरी सफल’

लहान । सिरहा प्रहरी प्रमुख एसपी उमाशंकर पंजियारले गत वर्षको अपराधिक तथ्यांक हेर्दा नेपाल प्रहरी ९५ प्रतिशत केसमा सफलता प्राप्त गरेको बताएका छन् ।

एसपी (प्रहरी उपरीक्षक) उमाशंकर पंजियारलाई प्रहरी संगठन भित्र बौद्धिक अधिकृतका रुपमा पनि चिनिन्छ । प्रहरीमा नौलो एवं प्रभावकारी र तत्कालै नतिजा दिइहाल्ने अभियान भित्राउने तथा त्यसलाई कार्यान्वयनमा ल्याइहाल्ने क्षमता उनमा छ ।

नयाँ र परिस्कृत अभियानका परिकल्पनाकार एसपी उमाशंकर पंजियारले सिन्धुली प्रहरी प्रमुखका रुपमा कार्यरत रहँदा धेरै अभियानहरु सञ्चालनमा ल्याए । ती मध्ये आधा दर्जन अभियान अपराध नियन्त्रण एवं अनुसन्धानका सवालमा विशेष र महत्वपूर्ण रहे । संगठन भित्र कुनै पनि विवादमा नपरिकन निस्कलंक प्रहरी अधिकारीको छवि बनाएका पंजियारको आफ्नो कार्यकाल विशेष र सफल रहेको संगठनको दाबी छ ।

स्वच्छ छवि, भद्र र सालिन स्वभावका उनको कार्यकाल सफल हुनुमा संगठनका अधिकारीको साथ महत्वपूर्ण रहयो । प्रहरी–नागरिक सम्बन्ध विस्तार र सुधारमा प्रहरी संगठन भित्र उनको महत्वपूर्ण योगदान रहेको चर्चा छ ।

प्रहरी संगठन शून्य सहनशीलतामा चल्नु पर्छ भन्ने धारणा राख्ने र सबैलाई मिलाएर अघि बढ्न सक्ने क्षमताका एसपी उमाशंकर पंजियार नेपाल प्रहरीका तल्ला दर्जालाई माया गर्ने प्रहरी अधिकारीका रुपमा परिचित छन् । कुनै पनि विवादमा नतानिएको, तल्ला दर्जाको प्रहरीका लागि सधैं हित चिताउने, जगबाटै राम्रो भयो भने प्रहरी संगठन सर्वोत्कृष्ट बन्न सक्छ भन्ने सोंच राख्ने, कुशल कार्य क्षमता, अपराध नियन्त्रण र अनुसन्धानमा कुनै पनि सम्झौता नगर्ने तथा सबै कुरा कानुन अनुसार नै हुनु पर्छ भन्ने उनको स्वभाव हो ।

कानुन कार्यान्वयनका सन्दर्भमा निक्कै कठोर रुपमा उत्रदै समाजमा व्याप्त लगुऔषध नियन्त्रण , अन्य अपराध, चोरी तस्करी नियन्त्रण गरेर पंजियार चर्चामा रहे ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहर कुमार यादवको हत्या प्रकरण लगायतका ठूला र जघन्य प्रकृतिका घटनाको सफल अनुसन्धानले पनि उनको अपराध नियन्त्रण र अनुसन्धान गर्ने क्षमता अब्बल छ भन्ने सावित गरेको सरोकारावालाहरु बताउँछन् ।

अवैध रुपमा भित्राइने गरेका साना हतियार तथा लागुऔषध,तस्करी नियन्त्रणमा उनको भूमिका महत्वपूर्ण रहयो ।

पंजियारकै पालामा सिरहा प्रहरीले सञ्चालन गरेका अभियानहरुमा अपराध नियन्त्रण र अनुसन्धानका सवालमा प्रभावकारी बनेर गएका छन् ।

लागुऔषध नियन्त्रण, तस्करी नियन्त्रण , घरेलुु मदिरा नियन्त्रण , मापसे (मादक पदार्थ सेवन) परीक्षा अभियान बढी प्रभावकारी देखिएका हुन् ।

अभियानले नागरिक–प्रहरी सम्बन्ध सुधारसँगै शान्ति सुरक्षाको अवस्थालाई मजवुत बनाउन सहयोग गरेको सरोकारावालाहरुको भनाइ छ । नागरिक–प्रहरी सम्बन्ध सुधारसँगै अपराध नियन्त्रण, अनुसन्धान र शान्त समाज निर्माणमा प्रहरीका अभियान प्रभावकारी हुँदा सर्वसाधारणले सुरक्षित महसुस गर्न सकेको नागरिक अगुवाको भनाइ छ ।


यी हुन् प्रहरी उपरीक्षक पंजियारको सफल हुनुका कारण


एसपी पंजियारलाई धेरै प्रहरी अधिकारीको साथ रहयो । जवानदेखि डिएसपीसम्मले गरेको सहयोग र माथिल्लो स्तरका प्रहरी अधिकारीकै सहयोगले पंजियार सफल बनेका हुन् ।

जिल्ला भरी हुने विभिन्न घटनाका बारेमा ‘अपडेट’ भएर त्यसका बारेमा सार्वजनिक गर्दै अपराध नियन्त्रण र अनुसन्धानमा सहयोग गर्ने जिम्मेवारी बहन गरेका पंजियारले गहन ढंगले सोचेर र विश्लेषण गरेर मात्रै बाहिर ल्याउँनाले नै उनि सफल रहेको अकलन गर्न सकिन्छ ।

कुन कुराले दूरगामी असर पार्छ भन्ने कुरामा उनी ख्याल गर्छन् । अझैपनि प्रहरी कार्यालयमा आइपुग्ने अनेक झमेला र लफडाको निकास खोज्ने जिम्मेवारी पनि उनकै काँधमा छ । सिरहाको सिरहा नगरपालिका वडा नम्बर –१६ निवासी १९ वर्षीया कुलतीदेवी दासको हत्या भएको घटनामा संलग्नलाई पक्राउ र पहिचान गर्न एसपी पंजियारको भूमिका महत्वपूर्ण थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..