नेपाल विद्युत प्राधिकरण लहान वितरण केन्द्रको ३० करोड बक्यौता, लाइन काटेर असुल्न सुरु

काठमाडौं । नेपाल विद्युत प्राधिकरण लहान वितरण केन्द्रको ३० करोड रुपैयाँ विद्युत बक्यौता उठाउन बाँकी देखिएको छ । ग्राहकले लामो समयदेखि विद्युत महसुल नतिरेकाले यति धेरै बक्यौता बाँकी देखिएको हो ।

वितरण केन्द्रले पटक–पटक ताकेता गर्दा पनि ग्राहकले महसुल नतिरेपछि लाइन काटेर विद्युतको बाँकी बक्यौता असुल्न सुरु गरेको छ । अटेर गर्ने ग्राहकको नाम कालो सूचीमा राख्दासमेत महसुल नतिरेपछि धमाधम लाइन काट्न सुरु गरेको वितरण केन्द्र प्रमुख जितेन्द्र यादवले जानकारी दिए ।

‘म भर्खरै यस वितरण केन्द्रमा सरुवा भएर आइपुगेको हुँ,’ उनले ऊर्जा खबरसँग भने, ‘विद्युत बक्यौता धेरै बाँकी देखियो । अब अटेर गर्ने ग्राहकको लाइन काटेर असुल्न सुरु गरेको छु ।’ उनले सोमबारदेखि नै ५० हजार रुपैयाँभन्दा बढी बक्यौता भएका ग्राहकको लाइन काट्न सुरु गरिएको बताए ।

सोमबार ५० हजार बढी विद्युत बक्यौता भएका १९ जना ग्राहकको लाइन काटिएको छ । यी ग्राहकबाट १३ लाख ३२ हजार रुपैयाँ बक्यौा उठ्न बाँकी छ । लाइन काटिएका १३ मध्ये ८ जनाले सोमबार नै बाँकी बक्यौता तिरेको यादवले जानकारी दिए । 

५ जनाबाट ५ लाख ३२ हजार रुपैयाँ विद्युत बक्यौता उठेको छ । उनले क्रमशः ६० दिनभन्दा बढी विद्युत बक्यौता बाँकी रहेका सबै ग्राहकको लाइन काट्दै जाने बताए । प्राधिकरणले लामो समय देखि विद्युत महशुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता उठाउँदै आएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..