ठाकुर राम क्याम्पसका प्रमुख कुशवाहाको निधन प्रति मुख्यमन्त्री राउतद्वारा श्रद्धाञ्जली व्यक्त


पर्सा । मुख्यमन्त्री लालबाबु राउतले ठाकुर राम बहुमुखी क्याम्पस विरगंजका क्याम्पस प्रमुख डा. कुशावाहाको असामयिक निधन प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।


५२ वर्षको उमेरमा गए राति निधन भएको कुशवाहाको संस्थापक रहेको ओम इन्टरनेशनल कलेज पुगी मुख्यमन्त्री राउतले उहाँ प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो ।

ठाकुर राम क्याम्पसमा अध्यापन गराउँदाको दिनहरुलाई सम्झिदै मुख्यमन्त्री राउतले उहाँको मिलनसार व्यक्तित्व, शालिन्ता अविस्मरणीय रहने उल्लेख गर्नु भयो ।
कोरोना कालमै निधन भएको प्राध्यापक प्रमोद गुप्तालाई समेत स्मरण गर्नु हुूँदै मुख्यमन्त्री राउतले उहाँहरुको निधनले ठाकुर राम क्याम्पस र विरगंजको समग्र शैक्षिक क्षेत्रलाई अपूर्णीय क्षति भएको बताउनु भयो ।

उक्त श्रद्धाञ्जलीसभामा जसपा केन्द्रिय सदस्य विरेन्द्र यादव, संघीय परिषद सदस्य सलाउदिन अहमद , ठाकुर रामका पूर्व क्याम्पस प्रमुख डा. प्रमोद कुशवाहा , पिरामेड कलेजका प्रमुख संजय सिंह सहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..