ठाकुर राम क्याम्पसका प्रमुख कुशवाहाको निधन प्रति मुख्यमन्त्री राउतद्वारा श्रद्धाञ्जली व्यक्त


पर्सा । मुख्यमन्त्री लालबाबु राउतले ठाकुर राम बहुमुखी क्याम्पस विरगंजका क्याम्पस प्रमुख डा. कुशावाहाको असामयिक निधन प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।


५२ वर्षको उमेरमा गए राति निधन भएको कुशवाहाको संस्थापक रहेको ओम इन्टरनेशनल कलेज पुगी मुख्यमन्त्री राउतले उहाँ प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो ।

ठाकुर राम क्याम्पसमा अध्यापन गराउँदाको दिनहरुलाई सम्झिदै मुख्यमन्त्री राउतले उहाँको मिलनसार व्यक्तित्व, शालिन्ता अविस्मरणीय रहने उल्लेख गर्नु भयो ।
कोरोना कालमै निधन भएको प्राध्यापक प्रमोद गुप्तालाई समेत स्मरण गर्नु हुूँदै मुख्यमन्त्री राउतले उहाँहरुको निधनले ठाकुर राम क्याम्पस र विरगंजको समग्र शैक्षिक क्षेत्रलाई अपूर्णीय क्षति भएको बताउनु भयो ।

उक्त श्रद्धाञ्जलीसभामा जसपा केन्द्रिय सदस्य विरेन्द्र यादव, संघीय परिषद सदस्य सलाउदिन अहमद , ठाकुर रामका पूर्व क्याम्पस प्रमुख डा. प्रमोद कुशवाहा , पिरामेड कलेजका प्रमुख संजय सिंह सहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..