‘गोप्रो’ क्यामेराबाट सवारी जाच्दौ मोरङ ट्राफिक प्रहरी

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले प्रविधिको प्रयोग गरेर सवारी चेकिङ सुरु गरेको छ ।फिक व्यवस्थापनलाई आधुनिक उपकरणको प्रयोग गरि प्रविधिमैत्री बनाउन ‘गोप्रो’ क्यामेराबाट चेकिङको सुरुवात गरेको हो ।

प्रविधिको प्रयोग गर्दै विराटनगमा देखिएको अस्तव्यस्त ट्राफिक व्यवस्थापनलाई सहज बनाउन गोप्रो क्यामारा प्रयोगमा ल्याएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उनका अनुसार सोही क्यामेराको निगरानीबाट ट्राफिक नियम उल्लङ्घन गर्नेहरुलाई कारवाही गरिनेछ ।

यस प्रविधिको प्रयोगबाट जथाभावी यात्रु पिक एन्ड ड्रप गर्ने सार्वजनिक सवारीसाधन, लेन अनुशासन पालना नगर्ने तथा गलत ओभरटेक गर्ने, तीव्र गतिमा चलाउने, अनाधिकृत रुपमा पार्किङ गर्ने, हर्न बजाउनेलगायत विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनहरुलाई आवश्यकता अनुसार फोटो तथा भिडियोसहित लिई कारवाही हुने भएकाले प्रभावकारी हुने ट्राफिक प्रमुख खड्काको भनाइ छ ।

स्पटमै क्यामेरा मार्फत श्रव्य दृष्य रेकर्ड हुने भएकाले प्रमाण तुरुन्त देखाउन सकिने उनले बताए । यो प्रविधिबाट ट्राफिक नियम उल्लंघन गरि भाग्न खोज्ने र भागेकाहरुलाई पछि प्रमाणसहित देखाएर कारवाही र सचेत गराउन सकिनेछ ।

प्रहरीले सो क्यामेरा वेल्डसहित छातीमा लगाएर चेकिङमा खटिनेछन् । अहिले मोरङ ट्राफिकसँग एउटा गोप्रो क्यामरा रहेको छ । ‘अहिले यही एउटा क्याराबाट ट्राफिक प्रहरीले निगरानी गर्न सुरू गरिएको छ,’ उनले भने ‘गल्ती गर्नेको प्रमाण राख्न यो प्रविधि हामीले काठमाडौंबाट ल्याएका हौं ।’

लेन मिच्ने र भाग्ने क्रम बढेपछि ट्राफिक प्रहरीकै छातीमा ‘गोप्रो’ क्यामरा जडान गरेर प्रमाण कैद गर्ने नयाँ रणनीति अपनाएको प्रहरी निरीक्षक खड्काले बताए । लेन मिचेर उल्टै ट्राफिक प्रहरीसँग अपशब्द प्रयोग गर्नेको प्रमाणसहित पुष्टि गर्न अडियो र भिडियोसहितको क्यामरा प्रयोगमा ल्याइएको उनले बताए । ट्राफिक प्रहरीको अनुसार ‘गोप्रो’ क्यामराले ५ मिटरसम्मको अडियो रेकर्डिङ र लामो दूरीसम्म तस्बिर कैद गर्नेछ । ‘लेन मिच्ने र उल्टै ट्राफिकले त्यतिकै कारबाही गरेको भनेर जिद्दी गर्नेलाई प्रमाणसहित देखाउन नयाँ रणनीति अपनाएका हौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..