लागुऔषध सहित ४ जना पक्राउ


विराटनगर । मोरङको लेटाङ नगरपालिका-२ चिसाङ पुल छेउबाट लागुऔषध सहित ४ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले मंगलवार राती साँढे ९ बजे लेटाङ नगरपालिका-४ का २६ बर्षीय बिकेन राई, १६ बर्षीय शिसिर घिमिरे, २५ बर्षीय राज कुमार लिम्बु र लेटाङ नगरपालिका-३ की २२ बर्षीया अनु राईलाई पक्राउ गरेको हो ।

निजहरुको साथबाट प्रहरीले लागुऔषध फेनारामाईन २० ट्याब्लेट, फेनारागन २० ट्याब्लेट, लुपिजेसीक २० एम्पुल र डाईजेल्याव १९ एम्पुल बरामद गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..