सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु


बिराटनगर । झापा र उदयपुरमा मंगलवार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका-८ झिलझिलेमा पुर्वबाट पश्चित तर्फ जाँदै गरो को १ ख ६०९८ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०४३ प ९२१८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकलमा सवार सुनसरी महेन्द्रनगरका ३१ बर्षीय ज्ञानेन्द्र तामाङ र ईटहरीकी २८ बर्षीया सलिना राईको मृत्यु भएको हो । मोटरसाईकललाई ठक्कर दिने बस तथा चालकलाई ईलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

यसैगरी उदयपुरको रौतामाई गाउँपालिका-१ मा ट्याक्टर दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका-७ का २० बर्षीय केशव बि.क.को मृत्यु भएको छ । गाइघाटबाट नामेटार तर्फ जाँदै गरेको प्रदेश २-०२-०१-०००१ त १०१७ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको आन्तरिक शुद्धिकरण मेरो प्राथमिकता : नवनियुक्त आईजीपी कुँवर

प्रहरीको आन्तरिक शुद्धिकरण मेरो प्राथमिकता : नवनियुक्त आईजीपी कुँवर

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको त्यो अडान जस्को कारण आज कुँवर आइजिपी बने काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक शुद्धिकरण आफ्नो प्राथमिकता..