सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु


बिराटनगर । झापा र उदयपुरमा मंगलवार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका-८ झिलझिलेमा पुर्वबाट पश्चित तर्फ जाँदै गरो को १ ख ६०९८ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०४३ प ९२१८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकलमा सवार सुनसरी महेन्द्रनगरका ३१ बर्षीय ज्ञानेन्द्र तामाङ र ईटहरीकी २८ बर्षीया सलिना राईको मृत्यु भएको हो । मोटरसाईकललाई ठक्कर दिने बस तथा चालकलाई ईलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

यसैगरी उदयपुरको रौतामाई गाउँपालिका-१ मा ट्याक्टर दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका-७ का २० बर्षीय केशव बि.क.को मृत्यु भएको छ । गाइघाटबाट नामेटार तर्फ जाँदै गरेको प्रदेश २-०२-०१-०००१ त १०१७ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..