मानव बेचबिखन गर्न खोज्ने फरार प्रतिवादी पक्राउ


काठमाडौं । झुक्यानमा पारी भिजिट भिषामा दुबईमा लगेर मानव बेचबिखन गर्न खोज्ने फरार प्रतिवादी काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने महोत्तरी खयरमारा घर भएका मङ्गले तामाङ भन्ने ३५ वर्षीय जित बहादुर भुजेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

३५ वर्षीय पुरुषलाई घरायसी कामको लागि दुबई लैजाने भन्दै ललाई फकाई राहदानी बनाउन लगाई २०७३ बैशाख २७ गते एक जना अपरिचित व्यक्तिको साथमा काठमाडौंस्थित विमानस्थलभित्र पठाएकोमा राहदानी जाँच गर्ने क्रममा उनलाई घरायसी काममा नभई झुक्यानमा पारी भिजिट भिषामा लगेर दुबईमा बेचबिखन गर्न लागेको खुल्न आएको थियो ।

ती व्यक्तिको खोजी तथा अनुसन्धान गर्ने क्रममा प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सुकेधाराबाट पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..