ओली पक्षको धनुषामा शक्ति प्रदर्शन, बालकको प्रयोग

धनुषा । प्रधानमन्त्री केपी शर्मा ओली समूहले धनुषाको जनकपुरमा शक्ति प्रदर्शन सुरु गरेको छ । जनकपुरको रेल्वे स्टेसनदेखि नेकपा प्रदेश कार्यालयसम्म नारबाजीसहितको प्रदर्शन भैरहेको छ । अब केहीबेरमा कोणसभा सुरु हुने जनाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को प्रचण्ड – माधव नेपाल पक्षले जनकपुरधाममा शक्ति प्रदर्शन गरेपछि आज ओली पक्षले शक्ति प्रदर्शन गरेको छ । प्रदर्शनमा बालबालिकालाई समेत नेकपाको सूर्य छाप झण्डा बोकाएर र्‍यालीमा सहभागी गराइएको छ ।

जुलुशमा १० वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिकाहरु नेकपाको पक्षमा नारा लगाउँदै

उता, संसदीय दलको बैठकका लागि सभासदहरु जम्मा हुने क्रम जारी छ । सत्तारुढ दल नेकपामा विभाजन आएपछि पछिल्ला दिन ओली पक्ष र प्रचण्ड–माधव पक्षको प्रदर्शन जारी छ ।

मंगलबार नेकपाको आली पक्षले आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलाभन्दा पूर्व आफ्नो पक्षको नेता तथा कार्यकर्ताहरुले उतारेर शक्ति प्रदर्शन गरेको छ । ओली पक्षले निकालेको जुलुशमा दर्जनौँ बालबालिकाहरुले नेकपाको झण्डा र सूर्य चुनाव चिन्ह अंकित झण्डा बोकेर नारा लगाई रहेका थिए । जुलुशमा १० वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिकाहरु नेकपाको पक्षमा नारा लगाउँदै देखिएका थिए ।

धनुषाको विभिन्न स्थानिय तहबाट आफ्नो कार्यकर्ताहरुलाई ल्याई जनकपुरधाम स्थित रेल्वे स्टेशनबाट विभिन्न चोकमा र्‍याली निकाली नेकपाको ओली पक्षले शक्ति प्रदर्शन गरेर प्रदेश पार्टी कार्यालय पुगेको छ ।

उक्त अगुवा भेला कार्यक्रममा उपप्रधानमन्त्री ईश्वरपोखरेल, महिला तथा बालबालिका मन्त्री जुली महासेठ लगायतका वक्ताहरु रहेका छन् । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर चुनावको घोषणा गरेपछि जनकपुरधाममा सबै पार्टी सक्रिय भई शक्ति प्रदर्शन सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..