छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

विराटनगर । छोरी बलात्कारको आरोपमा विराटनगरबाट एक जना पक्राउ परेका छन् । आफ्नै १३ वर्षकी छोरी बलात्कारको आरोपमा प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर – ९ का ५० वर्षीय पुरुषलाई पक्राउ गरेकाे हाे ।

पक्राउ परेकाे उनकाे नाम गाेप्य राखिएकाे छ । उनकाे परिचय खुलेपछि बलात्कृत किशाेरीकाे पनि परिचय खुल्ने भएपछि प्रहरीले उनकाे परिचय गाेप्य राखेकाे हाे ।

बलात्कारबाट बसेको गर्भ रहेपछि त्यही गर्भपतन गराउन छोरी लिएर अस्पताल गएका बेला उनी पक्राउ परेका हुन् । प्रहरी स्रोतका अनुसार ती पुरुषले गाउँमै गर्भपतनको प्रयास गरेका थिए । तर छोरीको अवस्था जटिल बनेपछि शुक्रबार विराटनगरको नोबेल मेडिकल कलेज पुगेकाे थिए ।

अस्पतालमा उमेर नपुगेकी किशोरीलाई गर्भपतनका लागि ल्याएपछि स्वास्थ्यकर्मीले सोधिखोजी गरे । सोधीखोजीका क्रममा बुबाले करणी गर्दा गर्भ रहेको खुलेपछि आफन्तको सहयोगमा अस्पतालले प्रहरीलाई खबर गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट पुगेको प्रहरीले अस्पतालबाट पीडित किशोरीका बुबालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाएको थियो । यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एउटा एआईजीले आइजिपी बन्न र ३० बर्षे रोक्न २५ करोडको अफर गरे पछि सिंहको घर जाने मिति नजिकिएको हो..