मेगा केवलका सञ्चालक पौडेल लाखौं रकम कुम्ल्याएर फरार

काठमाडौँ । मेगा केवल नेटका सञ्चालक लाखौं रकम कुम्ल्याएर फरार भएका छन् ।सञ्चालक श्याम प्रसाद पौडेल संस्थाबाट लाखौं रकम कुम्ल्याएर फरार भएका हुन् । संस्थाबाट पटकपटक पेश्की भन्दै ३३ लाख ४१ हजार ८ सय ६६ रुपैयाँ रकम लिई उनी फरार भएका हुन् ।

अन्य सञ्चालकहरु उनीविरुद्ध प्रहरीमा मुद्दा दायर गर्ने तयारीमा छन् ।

सोमबार पौडेलविरुद्ध महानगरीय प्रहरी वृत्त बालाजुमा उजुरी समेत परिसकेको छ ।
संस्थामा रकम फिर्ता गर्न नआएपछि ताकेता स्वरुप केवलको तर्फबाट विभिन्न राष्ट्रिय दैनिक तथा अनलाइनमा समेत पौडेलको नाममा सूचना प्रकाशन भएको थियो ।

उजुरीमा संस्थाको पैसा अनाधिकृत रुपमा लिएर उल्टै कार्यालयका कर्मचारीहरुलाई अनावश्यक रुपमा धम्क्याउने, गालीगलौज गर्ने, आफुले भनेजस्तो गर्न दवाव दिने गरेको । उजुरीमा निज पौडेलले गैरकानूनी रुपमा लिएको रकम फिर्ता गर्नुको सट्टा उल्टै एक प्रतिष्ठित कम्पनीको रुपमा विकसित भइरहेको संस्थालाई डुबाउने खेल खेलेकाले आवश्यक कानूनी कारवाही गर्न माग गर्दै उजुरी परेको बालाजु वृत्तले जनाएको छ । पौडेलविरुद्ध अनाधिकृत रुपमा लिएको नगदी भौचरको सक्कल समेत प्रमाणको रुपमा पेश गरिएको छ ।

४ वर्ष अगाडि नागार्जुन केवल नेटवर्कका मालिक समेत रहेका पौडेलले संस्थामा रहँदा बिना छलफल नयाँ शेयर होल्डर ल्याउने, पुरानालाई निकाल्ने तथा सञ्चालकहरुलाई अनावश्यक रुपमा धाकधम्की दिने गरेको पार्टनर मनहरी अर्याल बताउँछन् ।पौडेल सुरुमा नागार्जुन केवल नेटवर्क प्रा.लि.का सञ्चालक हुन् । नागार्जुन केवललाई उनले मेघा केवलसँग मर्ज गरेका थिए । नागार्जुनमा रहँदा पौडेलले ठूलो रकम आर्थिक हिनामिना समेत गरेका थिए । नागार्जुन केवलबाट एक्लिएपछि मेगामा पौडेलले अनावश्यक रुपमा दुःख दिने र संस्थालाई नै डुबाउने हर्कत देखाउन थालेको अर्यालको भनाइ छ । उहाँले आफ्नो सेयरको भनेजति मूल्य नदिएको निहुँमा विभिन्न मिडियामा गएर कम्पनीको मानमर्यादामा आँच उठाउने काम गरेका छन् । केवलका कुराहरु अरु संस्थामा लगेर चरित्रहत्या गर्ने खालको काम पौडेलले गरेका छन् ।

उल्टो हामीलाई नराम्रो बनाएर आफ्नो कर्तुत ढाकछोप गर्न पौडेलले आफू निकटका मिडियाहरुलाई प्रयोग गरेका हुन् । ५ लाख ६२ हजार ५ सय सेयर रहेका पौडेलले ३० लाख दावी समेत सञ्चालक बद्रीले गरे । बद्रीले भने – ३० लाख नपाएपछि पौडेल आफै अन्य सञ्चालकहरुविरुद्ध उजुरी हाल्न भन्दै प्रहरी कार्यालय समेत धाए । त्यसपछि प्रहरीले हामीलाई कार्यालय आउन आग्रह गर्यो ।प्रहरीको आग्रहपश्चात प्रहरी कार्यालय गयौं । त्यहाँ पनि पौडेलले ३० लाख मागे । प्रहरीकै सामू मागेजति पैसा नदिए देखाइदिन्छु भन्दै हामीलाई धम्क्याए ।

प्रहरीले समेत तपाईंहरु आफैं मिल्नुस्, यो हामीले हेर्ने केस होइन भन्दै फर्काएपछि पौडेल विभिन्न मिडिया पुग्न थालेका हुन् । मिडियाको आडमा हामीले होइन, पौडेलले अनेक धन्दा गर्दै आइरहेका छन् । उनले मिटरब्याजमा पैसा लगानी गर्ने काम समेत गरेको खबर प्राप्त भएको छ ।पौडेलले पटकटक गर्दै संस्थाको ३३ लाख ४१ हजार ८ सय ६६ रुपैयाँ चलाएका छन् । पैसा फिर्ता गर्नुको सट्टा उल्टो नियतले समाचारहरु बाहिर ल्याउन मिडियाहाउसमा नै धाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..