प्रचण्ड – नेपाल समूहले प्रदेश इञ्चार्जबाट पोखरेल र गुरुङलाइ हटायो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को प्रचण्ड–नेपाल समुहले शंकर पोख्रेल र पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इन्चार्जबाट हटाएको छ ।

सोमबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकले पोखरेल र गुरुङलाई प्रदेश इन्चार्जको जिम्मेवारीबाट हटाएको हो । गण्डकी प्रदेश इन्चार्जमा गुरुङको स्थानमा पूर्व माओवादीका देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको छ । त्यस्तै बैठकले लुम्बिनी प्रदेशको इन्चार्जबाट पोखरेललाई हटाउदै युवराज ज्ञवालीलाई जिम्मा दिइएको प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, गण्डकी प्रदेशको सहइन्चार्जबाट किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङलाई राखिएको छ भने प्रदेश कमिटी सचिवमा श्रीमाया थकालीलाई जिम्मेवारी दिइएको छ ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल श्रीमतिको उपचारका लागि भारत गएपछि माधवकुमार नेपालको अध्यक्षतामा बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..