बाँके । बाँके प्रहरीले हालसम्म ४ सय ७८ जना फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न अपराधका घटनामा संलग्न भएका व्यक्तिलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलनको आयोजना गरी बाँकेमा विभिन्न अपराधका घटनामा संलग्न भएका व्यक्तिहरुलाई सार्वजनिक गरेको हो ।
प्रहरीले डुडुवा गाउँपालिका १ स्थित दिपक कुमार चौधरीलाई हतियारसहित पक्राउ गरेको छ । चौधरीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरीको टोलीले उनैले संचालन गरेको पसलबाट खानतलासी गर्द चौधरीले कम्मरको दायाँतर्फ बेल्टले च्यापेर राखेको कटुवा पेस्तोलसहित पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिनुभयो ।

यस्तै प्रहरीले मोटरसाइकल चोरीमा संलग्न नेपालगन्ज ८ का विपिन बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । गणेशपुरको तन्नु पान पसल अगाडी रोकिराखेको मोहम्मद जसगरको भे १० प ४७८९ नम्वररको मोटरसाइकल विपिनले चोरेको अभियोग छ । उनीमाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । यस्तै भन्सार छली भित्र्याइएको विभिन्न सामाग्रीसहित एकजना पक्राउ परेका छन् । डुडुवा गाउँपालिका १ खडौचा नाका हुँदै भारतको रुपैडिया बस्नेत राहुल गुप्ता र सकिल खानले भारतीय नम्वरको मोटरसाइकलमा भन्सार छलि नेपाल ल्याउँदै गरेको मोवाइलका कभर, सिसि लगायतको १ लाख ३० हजारको सामान बरामद गरेको प्रहरीले फेला पारेको हो ।
चालू आर्थिक वर्षमा मात्रै १ करोड १० लाख ७२ हजार २ सय ७ रुपैयाँ राजश्व जम्मा भएको पत्रकार सम्मेलनमा बाँके प्रहरीले जनाएको छ । यस्तै प्रहरीले जानकी गाउँपालिका २ का रोहित वर्मा, नेपालगन्ज १८ का प्रच्युत प्रसाई र सोही स्थानका बसन्ती योगीको मोवाइल हराएको सूचनाका आधारमा खोजतलास गर्दा फेला परेको पनि प्रहरीले जनाएको छ ।
ती मोवाइल सम्बन्धित व्यक्तिलाई बुझाइसकिएको पनि प्रहरीले जानकारी दिएको छ । यस्तै बाँके प्रहरीले फरार अभियुक्तलाई पनि पक्राउ गरेको जनाएको छ । यौन दुरुपयोगको मुद्दामा अदालतबाट ६ महिना कैद सजाए भएर फरार भएका नेपालगन्ज १ बस्ने आकाश सार्कीलाई पक्राउ गरिएको हो । उनलाई २०७५ साल फागुन २९ गते अदालतले दोषी ठहर गर्दै ६ महिना कारागार चलान गरेको थियो ।योसँगै बाँके प्रहरीले हालसम्म ४ सय ७८ जना फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ ।
