व्यापारी अग्रवाल पक्राउ,व्यापारीहरु तनावमा

विराटनगर । इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयले करोडौँको कारोवार गर्ने धरान १२ महेन्द्रपथस्थित रामनिवासका हार्डवेयर व्यवसायी बाबुछोरालाई राजस्व तिरेको कागजपत्र देखाउन नसकेको अभियोगमा नियन्त्रणमा लिई काठमाडाँै पठाएपछि यहाँका व्यापारीहरुबीच ठूलै हल्लीखल्ली मच्चिएको छ ।

गत शुक्रबार राजस्वका नौ कर्मचारीको टोलीले छापा मार्दा रामनिवास भवनको ग्लोबल इम्पेक्सका सञ्चालक किसन अग्रवाल र एसएन इन्टरनेशनल प्रालिका सञ्चालक अग्रिम अग्रवाल खेतानले कागजपत्र देखाउन नसकेकोले कर छली गरेको आरोपमा पक्राउ गरी काठमाडाँै पठाइएको थियो । उनीहरुले नक्कली बिल बिजक बनाई कारोवार गरेकाले कारवाहीको लागि अनुसन्धानको लागि काठमाडाँै पठाइएको बताइन्छ । नाताले बाबुछोरा पर्ने अग्रवालद्वयमध्ये छोरा अग्रिम अग्रवाललाई भने अझै नियन्त्रणमा राखिएको छ । बाबु किसन अग्रवाललाई निगरानीमा छाडिएको व्यापारीहरु बताउँछन् ।

खासगरी धरानको खानेपानी संस्थानसँग मिलेमतो गरी पानीको मिटर र पाइपहरु उत्पादन तथा बिक्री वितरण गर्दै आएको सो कम्पनीले वर्षमा करोडौँको कारोवार गर्दै आएको छ । गत हप्ता पानीको मिटर बेच्ने काठमाडाँैस्थित एक डिलर कम्पनीमा राजस्वले छापा मार्दा बिलविजक नक्कली बनाइ राजश्व छलेको फेला परेको थियो । सोही कम्पनीको कारोवार हेर्दा धरानका यी व्यापारीको पनि संलग्नता देखिएपछि काठमाडाँैस्थित हरिहर भवनमा रहेको राजस्व अनुसन्धान विभागको निर्देशनमा हामीले छापा मारेका हाँै भनी इटहरीका राजस्व कार्यालय प्रमुख दीपक खडकाले स्थानीय पत्रकारहरुलाई बताए ।

रामगोपाल निवासका अग्रवाल बाबु छोरालाई नियन्त्रणमा लिई गोदाम र घरलाई सिल गरेको बारेमा उद्योग वाणिज्य संघ सुनसरीका सल्लाहकार कृष्ण अग्रवालले राजस्वसम्बन्धी प्रमाण (कागजपत्र) सरकारलाई देखाउने काम करदाताको हो । तर यसमा पनि निश्चित अवधिसम्मको मात्र बुझाउन बाध्य हुनेछौँ । तर हिजोआज कम्प्युटर सबै कुरा इन्ट्री हुने भएकाले राजस्वले सजिलै गल्ती पक्रन सक्ने बताए । चार वर्षसम्मको हिसाब बुझाउनुपर्छ । तर, २०७१ सालदेखिकै मागेकाले हिसाब देखाउन अलिक ढिलो मात्र भएको हो भनी किसनका भाइ अशोक अग्रवाल बताउँछन् ।

विपी प्रतिष्ठानका ठग ठेकेदारलाई पुरस्कार

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका औषधि तथा सामग्रीको आपूर्तिकर्ता गर्ग इेम्पेक्सले गत महिना दिएको २०० लिटर स्प्रिट नक्कली निस्किएर स्टोरले फिर्ता पठाए पनि सो प्रालिलाई कालोसूचीमा नराखेको कारण डाक्टरहरुले विरोध जनाएका छन् । वर्षौँदेखि प्रतिष्ठानभित्र कर्मचारी र पदाधिकारीहरुलाई कब्जामा लिएर औषधि तथा सामग्रीहरुको आपूर्तिको एकलौटी ठेकका पाउँदै आएको छ । यसपटक सो प्रालिले चार हजार लिटर स्प्रिट दिनुपर्नेमा पहिलो आपूर्तिमै मिसावट गरिएको स्प्रिट दिएपछि प्रतिष्ठानका डाक्टरहरुले विरोध गरेका थिए । तर उपकुलपति तथा अस्पताल निर्देशकले उनलाई कारवाही गर्नुको सट्टा कोभिड–१९ अस्पतालको लागि चाहिने ३ करोडको सामान आपूर्ति गर्ने ठेक्का दिएर पुरस्कृत गर्न लागेकामा प्रतिष्ष्ठानका डाक्टर कर्मचारीहरु रुष्ट बन्न पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..