एसएसबीकाे ‘दादागिरी’ बिरूद्ध प्रतिकारमा उत्रिए स्थानीय

काठमाडौं । भारतीय सीमा सुरक्षा बल एसएसबीले छापामार शैलीमा रातारात पिलर गाड्न प्रयास गरेकाे छ । इलामकाे सूर्योदय नगरपालिका-२ पशुपतिनगर हिलेमा एसएसबीले रातारात पिलर गाडेपछि स्थानीयले त्यसकाे प्रतिकार गरेका छन् ।

मध्य राती स्थानीय सुतेको मौका छाेपी एसएसबीले पिलर गाड्दै गरेको थाहा पाएपछि प्रतिकार गरेको स्थानीय शिक्षक तथा सामाजिक अगुवा जीवन शर्माले जानकारी दिए । उनका अनुसार पिलर गाड्दै गरेको अवस्थामा स्थानीयले अबरोध गरेको र नेपाली सुरक्षाकर्मीलाई जानकारी गराइएको थियाे ।

स्थानीयले प्रतिकार गरेपछि भारतीय पक्ष पछाडी हटेको थियो । पशुपतिनगर स्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक देउप्रसाद लिम्बुका अनुसार भारतीय पक्षले जिपिएसका माध्यमबाट उक्त भूमि आफ्नो भन्ने दाबी गर्दै बाँस रोपेको तर स्थानीयले उखेलेर हटाएको बताए ।

घट्ना स्थलमा पुगेको शसस्त्र प्रहरीबल र नेपाल प्रहरीको टोलीसँग एसएसबीको कदमको विरुद्ध छानबिन गर्न माग राखेपछि दुवै पक्षको बैठक बसेको छ । सोमबार विहान बसेको दुवै पक्षका सुरक्षा निकायबीचको बैठकले आगामी दिनमा यस्ता गतिविधि रोक्ने र केही गर्नुपरे दुवैपक्षको संयोजनमा अघि बढ्नुपर्ने समझदारी भएको लिम्बुले जानकारी दिए ।

बैठकमा शसस्त्र प्रहरी पशुपतिनगरका प्रहरी निरिक्षक नविन खतिवडा, इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक देउप्रसाद लिम्बु साथै भारतीय सुरक्षा बलका प्रतिनिधिबीच सीमा क्षेत्रका गतिविधि रोक्ने सहमति बनेको हो ।

हिलेमा यसअघि पनि पटक पटक सीमा विवाद हुँदै आएको छ । खुल्ला सीमाका कारण भारतीय सुरक्षा बल आफूखुशी नेपाली भूमिमा प्रवेश गर्ने र सीमा अतिक्रमण प्रयास गर्ने गरेको स्थानीयको दुखेसो छ । भारतीय पक्षबाट सीमामा नयाँ कमाण्डर खटिएर आउने वित्तिकै सीमा अतिक्रमणको प्रयास हुँदै आएको छ ।

पछिल्लाे समय भारतले नेपाली भूमिमा निरन्तर रूपमा अतिक्रमण गरिरहेकाे छ। भारतले यता दार्चुलाकाे महाकाली नदी मिचेर पक्की तटबन्ध निर्माण गरिरहेको छ। दार्चुलाकाे सदरमुकाम खलंगाको सीमाक्षेत्रमा महाकालीको बाढीले २०७० सालमा खलंगाका एक दर्जन सरकारी कार्यालयसहित एक सय ५६ घर बगाएको थियो ।

अहिले भारतकै धौँलीगंगा बाँधका कारण सात वर्ष पहिले ठूलो धनजनको क्षति व्यहोरेका खलंगावासी महाकाली मिचेर तटबन्ध निर्माण हुन थालेपछि त्रसित बनेका छन्।

नेपाल-भारत सीमा विवादमा चुच्चे नक्सासमेत जारी गर्ने केपी शर्मा ओलीले नेतृत्व गरिरहेकाे सरकार भने माैन रहेकाे छ । पिलर गाड्न खाेज्ने एसएसबीलाइ स्थानीयले लखेटेका छन् । तर यसबारे सरकारले अहिलेसम्म केहि प्रतिक्रिया जनाएकाे छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..