नेपाल प्रहरीमा एसएसपी र एसपीको बढुवा तयारी

काठमाडौं । प्रहरीमा सरुवा र बढुवाको रन्को शुरु भएको छ । जिल्ला प्रमुखका रुपमा केही एसपीहरुको एक बर्षे अवधि पुगेकाले यसै साता सरुवा गर्ने तयारीमा प्रहरी मुख्यालय पुगेको छ भने एसएसपी र एसपीको बढुवा तयारी पनि भईरहेको छ । त्यसैले बढुवाका आकांक्षीहरु विभिन्न शक्तिकेन्द्रको फेरो लगाउने क्रम पनि तीव्र रुपमा चलेको छ ।

गत पुस १३ मा गृह मन्त्रालयले ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको थियो । एक सातासम्म कुनै उजुरी नपरेपछि डीआईजी बढुवा आजबाट पूर्ण भएको छ ।

डीआईजीको अन्तिम सूची प्रकाशन गरेपछि तत्काल योग्यता पुगेका प्रहरी उपरीक्षकहरुलाई एसएसपीमा बढुवा सिफारिस गर्ने तयारी प्रहरी मुख्यालयको छ । तर आगामी पुष २९ गते दुईजना एसएसपीले ३० बर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाएपछि मात्र बढुवा प्रक्रिया शुरु गर्ने जानकारी मुख्यालय स्रोतले दिएको छ । त्यसपछि ११ एसएसपी पद रिक्त हुनेछ ।

प्रहरी मुख्यालयका अनुसार डा. गणेश रेग्मी र राजकुमार बैदवार ३० वर्षे सेवाहदका कारण अवकाशमा जान लागेका हुन् । उनीहरु ०४७ माघमा प्रहरी सेवामा प्रवेश गरेका थिए ।

त्यस्तै डीएसपीबाट एसपीमा बढुवा हुनेहरुको पनि ताँती लागेको छ । १५ जना एसपीको पद खाली हुनेछ । जसमा ११ जना पुरानो टोलीका प्रतिस्पर्धीहरु लाइनमा उभिएका छन् ।

प्रतिस्पर्धामा को–को ?

एसएसपी बढुवाका आकांक्षीहरुमा पुरानो ब्याचका १३ जना प्रहरी उपरीक्षकहरु प्रतिस्पर्धामा छन् । ०५१ मा प्रहरीमा सेवा प्रवेश गरेका विकासराज खनाल, चक्रबहादुर सिंह, उमाशंकर पञ्जियार,टीका बहादुर केसी, कृष्णकुमार महत, अर्जुनचन्द ठकुरी,योगबहादुर पाल, कृष्णहरी शर्मा पोखरेल, मधुसुदन लुईटेल, सुरेन्द्र मैनाली, गोविन्द शाह, मोहन पोखरेल र ध्रुवराज राउत एसएसपी लाइनमा छन् ।

०५४ मा सेवा प्रवेश गरेका प्रहरी अधिकृतले पनि बढुवाको आकांक्षा राखेका छन् । यद्यपि उनीहरुलाई बढुवा नगर्ने आईजीपी शैलेश थापा क्षेत्रीले अडान लिएका छन् । बिगतमा पनि थापाले वरिष्ठता मिचेर बढुवा नदिने अडान लिँदै आएपनि पूर्णसफल हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..