बल प्रयोगको सिद्धान्त तथा हातहतियारको प्रयोग सम्बन्धि घुम्ती तालिम सम्पन्न


पोखरा । गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखराको संयोजनमा पुस १४ गते देखी जिल्ला प्रहरी कार्यालय कास्कीमा संचालन भएको प्रहरी हवल्दार /प्रहरी जवान लक्षित “बल प्रयोगको सिद्धान्त तथा हातहतियारको प्रयोग बिशेष अनुशिक्षण (घुम्ति प्रशिक्षण) तालिम” आज जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) जीवन कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा समापन कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत समेतमा कार्यरत प्रहरी हवल्दार ३ जना र प्रहरी जवान ३२ जना गरी जम्मा ३५ जना प्रशिक्षार्थीहरु सहभागी उक्त तालिममा ३५ जना प्रहरी कर्मचारीहरुले सफलता पुर्वक उत्तिर्ण हुनुभएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रमुख अतिथीमा एसपी श्रेष्ठबाट उत्तिर्ण हुनुभएका प्रहरी कर्मचारीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभई तालिममा सिकेका कुराहरुलाई ग्रहण गरी व्यवहारमा उतार गर्नुभई प्रहरीको कार्य क्षमतामा अभिबृद्धी भई कार्य सम्पादनमा प्रभावकारीता आउने जसबाट समग्रमा प्रहरी संगठनको छविमा सकारात्मक प्रभाव पर्ने बिश्वास समेत व्यक्त गर्नुभई सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन तथा शुभकामना समेत दिनुभएको थियो भने तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत तथा कार्यक्रमको सहजिकरण प्रहरी निरीक्षक कृष्ण बस्यालले गर्नु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..