स्रोत नखुलेको १ करोडौं ४६ लाख सहित दुई जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँसहित पक्राउ परेका भारतीय नागरिकलाई प्रहरीले सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाएको छ ।

पक्राउ परेका अमित कुमार गुप्ताले ल्याएको रकमको स्रोत पत्ता लगाउन तथा आवश्यक अनुसन्धान र कारबाहीका लागि विभागलाई जिम्मा लगाइएको हो ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान साढे ४ बजे ३० वर्षीय गुप्तालाई पक्राउ गरेको थियो ।

कपिलवस्तुबाट प्रदेश ३–०१ ०२३ च २२५९ नम्बरको हुन्डाई सिल्भर रंगको कारमा काठमाडौं आउँदै गरेका उनलाई काठमाडौं चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेकप्वाईन्टमा पक्राउ गरिएको हो ।

प्रहरीसँगको बयानमा उनले आफ्नो घर भारत गोरखपुर घण्टाघर बताएका छन् । उनीसँग कार चालक कपिलवस्तुको बाँडगंगा नगरपालिका–४ बस्ने २२ वर्षीय संगम थारुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

गुप्ताले कारको डिक्किमा स्पेयर टायरमुनि तथा विभिन्न भागमा रकम लुकाएका थिए । रकम लुकाउन उनले ३ वटा झोला प्रयोग गरेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गुप्ताले भारु रकमलाई नेपालको सीमा क्षेत्रमा पटक पटक साटेर नेपाली रुपैयाँ बनाएका थिए ।

घटनामा प्रयोग भएको सवारीसाधन र बरामद गरिएको रकम समेत विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..