गृहमन्त्री बादललाई गृहजिल्ला मै कालो झण्डा

चितवन । गृहमन्त्री रामबहादुर थापालाई चितवनमा कालो झण्डा देखाइएकाे छ ।

नेकपा ओली समूहको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्न सोमबार गृहजिल्ला चितवन पुगेका गृहमन्त्री थापालाई नेकपा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।

उनीहरुले भरतपुरको हाकिम चोकमा कालोझण्डा देखाएका हुन् । यसअघि भरतपुर विमानस्थल परिसरमा कालो बेलुन उडाएर उनको विरोध भएको थियो ।

पूर्वमाओवादी धारका बादल नेकपा विभाजित बनेपछि ओलीतिर लागेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..