विप्लव समूहका दुई कार्यकर्ता ठुलो परिमाणमा विष्फोटक पदार्थसहित पक्राउ

काठमाडौं । विप्लव समूहको अखडा क्षेत्रका रुपमा मानिएको कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नम्बर – ९ लालुबाट ठुलो परिमाणमा विष्फोटक पदार्थसहित प्रहरीले दुईजना लाई पक्राउ गरेको छ ।

विप्लव नेकपाका पार्टी प्रवक्क्ता समेत रहेका खडकबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को क्षेत्र लालुको चौथा गाउँबाट ठुलो परिमाणमा रहेको विष्फोटक पदार्थसहित दुई जनालाई गिराप्तार गरी सार्वजनिक गरेको छ । सरकारद्वारा प्रतिबन्धित विप्लव समूहको गाउँ गाउँमा चलखेल सुरु भएको जानकारी पाएपछि विप्लवबिरुद्ध प्रहरीले अप्रेशन सुरु गरेको छ । प्रवक्ता प्रकाण्डको गृह जिल्लामा त्यस पार्टीले पछिल्लो समय आफ्ना गतिबिधिहरु बढाएपछि प्रहरीले पनि बिप्लवबिरुद्ध अप्रेशन सुरु गरेको हो ।

प्रहरीले सुरु गरेको अप्रेशनकै क्रममा आइतबार पार्टी प्रवक्त बिश्वकर्माकै गृह गाँउपालिका नरहरीनाथ गाँउपालिका वडा नं. ९ लालुको चौथा स्थित बर्ष ३६ का दुर्गबहादुर बोहोरोको घरबाट बिप्लवको हात हतियार बनाउने प्राबिधिकसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी चक्रबहादुर शाहाले स्थानिय सुराकीको आधारमा बिप्लवका हातहतियार बनाउने प्राबिधिक दुर्ग बोहोराको घरबाट केही बिस्फोटक पदार्थ र बिस्फोटक पदार्थ बनाउने कच्चा पदार्थसहित दुर्ग बोहोरा र उनका सहयोगी नेकपाका पुर्णकालिन सदस्य जाजरकोटका भेरीमालिका गाउपालिका वडा नं. २ का पदमबहादुर पुनलाई पक्राउ गरिएको जानकारी दिए ।

उनले जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरिक्षक महेशबिक्रम शाहीको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सयुक्त टोलीले दुर्गबहादुर बोहोराको घरमा छापा मारी उनीहरुलाई नियन्त्रणमा लिएको बताए । पक्राउ परेका बिप्लव नेतृत्वको कार्यकर्ता र जफत गरिएका सामानहरु सोमबार सार्बजानिक गर्दै प्रहरीले बिप्लवबिरुद्ध कडा अप्रेशन सुरु गरेको जनाएको छ ।

प्रहरी प्रमुख शाहाले भने, ‘जिल्लामा शान्ति सुरक्षा कायम गर्ने, अपराधिक गतिबिधिहरुलाई निष्तेज बनाउने प्रहरीको दायित्व हो । यसमा हामी लागि परेका छौँ ।’ उनले भने, पछिल्लो समयमा जिल्लामा बिप्लव समुहले आफ्ना गतिबिधिहरु बढाएकाले उनीहरु बिरुद्ध पनि प्रहरी सक्रिय बनेको छ । हामी यस जिल्लालाई अपराध मुक्त बनाउन प्रयत्नशील छौँ । यसमा सबैको सहयोग आवश्यक छ ।’

बिप्लव बिरुद्धको अप्रेशनमा नरहरीनाथ खटिएका प्रहरी निरिक्षक महेशबिक्रम शाहीका अनुसार बिप्लव समुहका प्राबिधिक बोहोराको घरबाट एक थान प्रेसर कुकर बम, सकेट, वायर, बन्धुक, जेवाले, डेटेनेटर १४ थान, सकेट ११ थान, ब्याटि चार्जर, सेफ्टी फ्युज, गन्धक १ किलोग्राम, सेलो टेप, हातहतियार बनाउने सम्बन्धि किताब, विप्लव समूहको राजनीतिक प्रतिबेदन, नमस्ते वइलकम कार्ड ११ थान, इस्काई १ थान, दुई वटा मोबाईल लगायत बिस्फोटक पदार्थ बनाउने बच्चापदार्थहरु समेत नियन्त्रणमा लिईएको छ ।

प्रहरीले उनीहरुबिरुद्ध बिस्फोटक पदार्थ सम्बन्धि कसुर अन्तरगत मुद्धा दर्ता गर्ने तयारी गरेको छ । पक्राउ परेका दुर्गबहादुर बोहोराको बायाँ हात छैन् । उनी तत्कालिन नेकपा माओबादीले सुरु गरेको जनयुद्धताका पनि बिस्फोटक पदार्थ बनाउने प्राबिधिक रहेको प्रहरीले प्रारम्भीक अनुसन्धानमा खुलेको जनाएको छ । प्रतिबन्धित बेलादेखिको यो पहिलो र ठुलो परिमाणसहित फेला परेको घटना हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..