१ सय ५ किलो गाँजासहित ७ जना पक्राउ

काठमाडौं । वीरगञ्ज महानगरपालिका वडा नम्बर -२१ स्थित लाल पर्सा जाने सडकखण्डबाट १०५ किलो लागूऔषधगाँजा सहित ७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ का २४ वर्षीय विजय तामाङ, ३२ वर्षीय लक्ष्मण सिटौला, १८ वर्षीय प्रभात तामाङ, धादिङको बेनीघाटरोराङ्ग गाउँपालिका-१ का ३७ वर्षीय निरज लामा, चितवनको राप्‍ती नगरपालिका-२ का ५० वर्षीय सानुलाल तामाङ, मकवानपुरको कैलाश गाउँपालिका-१० का २६ वर्षीय रामलाल गोले र पर्साको सखुवा प्रसौनी गाउँपालिका-३ का ५१ वर्षीय सहिद मियाँ आलम रहेका छन् ।

लागूऔषध गाँजाको कारोबार भइरहेको छ भन्ने बिशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्युरो, काठमाण्डौं तथा मातहत शाखा कार्यालय पर्सा वीरगञ्जबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

लाल पर्सा गाउँजाने बाटो सडक किनारमा शंकास्पद अवस्थामा रोकी राखेको ना. ४ ख ६५२५ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त परिमाणको गाँजा बरामद भएको हो ।

ट्रकको मालसमान राख्ने ठाँउमा कालो त्रिपालले छोपेर लुकाइ राखेको अवस्थामा ७ पोका लागूऔषध गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिएको लागूऔषध नियन्त्रण व्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक कृष्णकुमार महतले जानकारी दिए ।

उनीहरुविरुद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..