चिनियाँ अर्बपति ज्याक मा हराएको आशंका

एजेन्सी । चिनियाँ अरबपति ज्याक मा केही महिनादेखि सार्वजनिक रुपमा नदेखिएका कारण हराएको आशंका गरिएको छ । याहु न्युजका अनुसार अलिबाबाका संस्थापकसमेत रहेका मा करिब २ महिनादेखि सार्वजनिक रुपमा देखा परेका छैनन् ।

केही हप्ताअघि सम्पन्न ट्यालेन्ट सो ‘अफ्रिका बिजनेस हिरोज’ मा सहभागी हुने कार्यक्रम तय भए पनि ज्याक मा उपस्थित भएनन् । १५ लाख अमेरिकी डलर पुरस्कार रहेको उक्त सोको निर्णायकमा ज्याक मा पनि रहने बताइएको थियो । पछि उक्त सोको वेबसाइटबाट उनको नाम र तस्बिर हटाइएको थियो ।

अलिबाबाका प्रवक्ताले त्यतिबेला माले व्यस्त तालिकाका कारण निणार्यकमा सहभागिता जनाउन नसकेको बताएका थिए ।

गत अक्टोबर २४ मा सांघाईमा दिएको एउटा ‘विवादित’ अभिव्यक्तिपछि माको व्यावसायिक एन्ट ग्रुप चिनियाँ नियमनकारी निकायको निगरानीमा रहेको बताइएको छ । उनले भनेका थिए, ‘अहिलेको अर्थ व्यवस्था औद्योगिक युगको लिगेसी हो । हामीले नयाँ पुस्ता र युवाहरुका लागि नयाँ व्यवस्था खडा गर्नुपर्छ । हामीले वर्तमान प्रणालीमा सुधार ल्याउनुपर्छ ।’

गत डिसेम्बरमा चिनियाँ अधिकारीहरुले एन्ट ग्रुपमाथि एकाधिकारविरुद्धको अनुसन्धान गर्दै कम्पनीलाई पुन:संरचना गर्न निर्देशन दिएको थियो । माले कोरोना महामारीका बीच युरोप, अमेरिका र विश्व स्वास्थ्य (डब्लूएचओ) लाई मास्कलगायतका विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका थिए ।

सामाजिक सञ्जालमा अपडेट भइरहने माले अक्टोबर १० यता ट्वीट पनि गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..