बुद्धको मुर्ति चोरी गरेको आरोपमा जनप्रतिनिधिसहित ३ जना पक्राउ

चितवन । चितवनमा बुद्धको मुर्तिसहित तीन जना पक्राउ परेका छन् । पक्राउ परेका तीनजनामध्ये एक जना जनप्रतिनिधि रहेको खुलेको छ ।

पक्राउ पर्नेहरुमा रत्ननगरपालिका वडा नम्बर १२ जिरौना बस्ने ४७ बर्षीय ठूलो कान्छा तामाङ, सोही ठाउँका २७ बर्षीय सुरज तामाङ र वडा नम्बर ११ मंगलपुरका ४७ बर्षीय रोज बहादुर योञ्जन रहेका छन् । उनीहरुमध्ये ठूलो कान्छा १२ नम्वर वडाका वडा सदस्य हुन्।

रत्ननगरपालिका वडा नम्बर १२ जिरौनास्थित जहारसिंह तामाङको घरमा प्राचिन पुरातात्विक महत्वको मुर्ति विक्रि प्रयोजनका लागि घरमा लुकाइछिपाई राखेको अवस्थामा उक्त मुर्ति फेला परेको चितवन प्रहरीले जनाएको छ ।

अन्दाजी १०० वर्ष पुरानो पुरातात्विक महत्वको वुद्दको जस्तो देखिने पित्तलको उक्त मुर्ति (रेम्वोच) २७.८२० केजी तौलको छ ।

वागमती प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको संयुक्त टोलीले उक्त मुर्तिसहित उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका डिएसपी रविन कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..