खाइरहेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि ५ भारतीय क्रिकेटर सेल्फ आइसोलेसनमा

एजेन्सी । क्रिकेट सिरिजका लागि अस्ट्रेलियामा रहेका भारतमा पाँच जना खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन्।

मेलवर्नको एक रेस्टुरेन्टमा खाइरहेको भिडियो सामाजिक सञ्जालमा देखिएपछि उनीहरु आइसोलेसनमा बसेका हुन्।

आइसोलेसनमा बस्ने खेलाडीमा रोहित शर्मा, रिशव पन्त, शुभमान गिल, पृथ्वी शा र नवदिप सैनी छन्। पाँचै जना खेलाडी भारतको टेस्ट टिमका सदस्य हुन्।

अन्य खेलाडीको सम्पर्कमा नआउने गरी आइसोलेसनमा बसेका उनीहरुले प्रशिक्षण भने गर्न पाउनेछन्।

भारत र अस्ट्रेलियाको टिम व्यवस्थापनले खेलाडीहरुले कोरोना भाइरसका लागि बनाइएको बायो-सेक्युर प्रोटोकल तोडेको छ वा छैन भन्ने विषयमा अनुसन्धान गरिरहेका छन्।

भारत र अस्ट्रेलियाबीचको तेस्रो टेस्ट आगामी बुधबारदेखि सुरु हुँदैछ।

कोरोनाका कारण दुवै टिमका खेलाडीहरुलाई कडा प्रोटोकल लगाइएको थियो।

मेलवर्नमा खेलाडीहरुलाई होटल छाड्न पाउने भनिए पनि रेस्टुरेन्टमा खानाका लागि भने आउटडोर हुनु पर्ने नियम बनाइएको थियो।

एक जना भारतीय समर्थकले पाँच जना भारतीय क्रिकेटर नयाँ वर्षको दिन रेस्टुरेन्टको इनडोरमा खाइरहेको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..