रुपन्देही बसेर नेदरल्यान्डको परिचय, उपहार लिन कर तिर्नुपर्ने भन्दै ठगी

काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्राम र ह्वाटस् एपका माध्यमबाट साथी बनाई १३ लाख ३९ हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा रुपन्देही मर्चवारी गाँउपालिका-४ बस्ने २९ वर्षीय धर्मेन्द्र उपाध्याय र सोही ठाउँ बस्ने ४५ वर्षीय अनन्त कुमार उपाध्याय रहेका छन्।

उनीहरूले इन्स्टाग्राम र ह्वाटस एपमा फेक आइडीमार्फत् सम्पर्क गरी आफूलाई नेदरल्यान्डको नागरिक र केमिकल इन्जिनियर बताई ठगी गर्ने गरको थिए।

आइफोन ११ मोबाइल, ल्यापटप र सुनलगायत बहुमूल्य सामानहरुको बक्स गिफ्ट पठाइदिएको र भन्सार तिर्नका लागि रकम पठाउनुपर्छ भनेर प्रलोभन देखाई पैसा पठाउन लगाएर उनीहरुले ठगी गरेका थिए।

बैंकहरूको खाता नम्बरमा रकम जम्मा गर्न लगाई ठगी गरेको घटनाको अनुसन्धानका क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा रुपन्देहीमा लुकीछिपी बसेका उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूलाई ठगी मुद्दामा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..