श्री गढीमाई बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा स्वर्णकारलाई


जनकपुरधाम । बाराको महागढीमाई नगरपालिका वडा नं.१ मा रहेको श्री गढीमाई बहुमुखी क्याम्पस प्रागंन बरियारपुरमा आज नगरपालिका स्तरीय अभिभावक भेला सम्पन्न भएको छ ।

सो अभिभावक भेलाले सर्वसहमत श्री गढीमाई बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्ष पदमा बिजय स्वर्णकारलाई चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा जितेन्द्र यादव सदस्यहरूमा शम्भु प्रसाद कुशवाहा, ईश्वरी प्रसाद यादव, मनोज यादव, अमित चौधुर, भूमि सुधार कुशवाहा, वडा नं.१ को वडा अध्यक्ष सुधामा साह कानु, श्री गढीमाई माध्यमिक बिद्यालयको व्यवस्थापन समितिको अध्यक्ष दीप प्रसाद गुप्ता, महिला सदस्यहरूमा सानमति देवी राम, गीता देवी रहेका छन् ।

चन्दादाताहरूमा सुरेश यादव,कैलाश महतो रहेका छन् । सदस्य सचिवमा क्याम्पस प्रमुख तेजप्रताप चौधरी र महागढीमाई नगरपालिकाको नगर शिक्षा प्रमुख रामबिश्वास प्रसाद चौरसिया लगायत १५ सदस्य समिति गठन गरिएको श्री गढीमाई बहुमुखी क्याम्पस बरियारपुरले जनाकारी दिएको छ ।

साथै सो समिति गठन प्रयोजनमा महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादव, नगर उपप्रमुख तारादेवी कानु, वडा नं.२ को वडा अध्यक्ष बिरेन्द्र राउत,वडा नं.६ को कार्यवाहक वडा अध्यक्ष श्री भगवान राउत अहिर, जन जारण युवा क्लब बाराको उपाध्यक्ष राजदेव साह, महागढीमाई नगरपालिकाका प्रमुख सल्लाहकार भईया राम यादव , श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिस्वा महेशपुरका प्रधानाध्यापक राधा कृष्ण यादव,स्थानीय शिक्षाप्रेमी, अभिभावक, राजनितिक दल, शिक्षक शिक्षिका लगायत स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..