जेष्ठ नागरिकलाई ब्लाङ्केट वितरण


बझाङ । बझाङको थलारा गाउँपालिकाले गाउँपालिका भित्र रहेका जेष्ठ नागरिकलाई ब्लाङ्केट वितरण अभियान सुरु गरेको छ ।

गाउँपालिका भित्रका जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप ब्लाङ्केट वितरण अभियान सुरु गरेको गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए ।
८० बर्ष भन्दा माथिका २ सय ८० जना जेष्ठ नागरिक रहेको थलारा गाउँपालिकामा शनिबार एक कार्यक्रमका विच वडा नँ ७ बाट ब्लाङ्केट वितरण अभियान कार्यक्रम सुरु गरेको हो । सनिवार वडा नँ ७ का ४० जना जेष्ठ नागरिकलाई ब्लाङ्केट वितरण गरिएको छ ।


चिसो बढेसँगै जेष्ठ नागरिकलाई राहात तथा सम्मान हुने उद्देश्यले उक्त अभियान सुरु गरेको समेत अध्यक्ष उपाध्यायले बताए । ८० बर्षभन्दा माथिका जेष्ठ नागरिकलाई सम्मानस्वरुप ब्लाङ्केट वितरण गरिएको वडा नं. ७ का वडाध्यक्ष भीमबहादुर रोकायाले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..