अझै सक्रिय भएनन् स्थानीय सरकार, स्थानीय प्रशासन न्यानो कपडा बाड्दै

लहान । शीतलहरले चिसिएर सिरहाको जनजीवन कष्टकर बने पनि स्थानीय सरकार भने अझैं सक्रिए भएका छैनन्। सिरहाका अधिकांश स्थानीय तह अझै योजना बनाउनमै अल्झेको बेला स्थानीय प्रशासनले सर्वसाधारणलाई न्यानो कपडा वितरण गरेको छ ।

चिसोबाट जोगाउन सिरहाको विभिन्न स्थानमा सुरक्षाकर्मीले वितरण गरेको न्यानो कपडा

सिरहा जिल्लामा स्थानीय प्रशासनको अगुवाइमा स्वदेशी लघुबित्त बित्तिय संस्था लि शाखा कार्यालय सुखिपुर , हिमालयन अनलाइन सर्भिस दरवार मार्ग काठमाडौ, जनप्रभाव साप्ताहिक पत्रीका प्रा.लि. , नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले सार्वजनिक स्थल, विपन्न बस्तीहरुमा न्यानो कपडा बाँड्न थालेका हुन्।

सिरहाका प्रमुख जिल्ला अधिकारी ( सिडियो ) प्रदिप राज कणेलका अनुसार जिल्ला दैविप्रकोप उद्धार समितिको निर्णय कातिकमै सबै स्थानीय तहलाई पत्रमार्फत जानकारी गराईसकिएको छ। १७ वटै स्थानीय तहलाई शीतलहर तथा चिसोबाट प्रभावितको तथ्यांकसहित राहत सामग्रीसहित तयारी अवस्थामा बस्न निर्देशन गरिसकिएको छ। तर, विपद् व्यवस्थापनको तयारीमा स्थानीय तहको भूमिका सन्तोषजनक छैन्, उनले भने।

स्थानीय तहहरुलाई प्रभावितहरुको तथ्यांक पठाउन बारम्बार तकेदा गर्दापनि अहिलेसम्म नपठाएको उनले बताए। सुरक्षाकर्मीहरु र स्वदेशी लघुबित्त बित्तिय संस्था लि शाखा कार्यालय सुखिपुर को प्रयोजनमा भएको बिपन्न १५० परिवारलाई ,

हिमालयन अनलाइन सर्भिस दरवार मार्ग काठमाडौको संस्थापक अनुपा भण्डारी, कार्यकारी निर्देशक हरिहर भण्डारी, महोत्तरीका राजु रायको सहयोगमा बिपन्न ८१ परिवारलाई र

जनप्रभाव साप्ताहिक पत्रीका प्रा.लि. का अध्यक्ष आलोक यादव , सिरहा स्थानीय युवा अमित महतो , दिनेश यादवको सहयोगमा बिपन्न २५ परिवारलाई यी तिनै संघसंस्थाको सहयोगमा सार्वजनिक स्थल र केहि विपन्न बस्तीमा कम्बल वितरणको काम सुरुवात भएको उनले जानकारी दिए।

सुरक्षाकर्मीहरुको सक्रियतामा डिभिजन वन कार्यालयबाट प्राप्त दाउरा सार्वजनिक स्थल र विपन्न बस्तीमा वितरण गर्ने काम सुरु भएको उनले बताए। स्थलगत अनुगमनमार्फत स्थानीय तहलाई न्यानो वितरणमा सक्रिय बनाउँदै छु, उनले भने।

सिरहा प्रहरी प्रमुख एसपी उमाशंकर पंजियारका अनुसार लहान, सिरहा, लक्ष्मीपुरपतारी , सीमावर्ती झाझपट्टी, बरियारपट्टि , सुखिपुर, अर्नामा, सन्हैठा, बेल्हालगायतका शीतलहर प्रभावित बस्तीमा प्रहरीले दाउरा र कम्बल वितरण गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर हेक्का गण सिरहाका प्रहरी एसपी दिपेन्द्र गिरिका अनुसार गोलबजार , सिरहा, सन्हैठालगायतका शीतलहर प्रभावित बस्तीमा प्रहरीले दाउरा र कम्बल वितरण गरेको छ।

चिसोले बिरामी बढे

शीतलहर चलेसँगै चिसो बढेपछि अस्पतालमा रुघाखोकीका बिरामी हवात्तै बढेको अस्पतालहरुले जनाएका छन्। चिसोको कारण दमका बिरामी, बालबालिका र दीर्घरोगी बढी प्रभावित बनेको चिकित्सकको भनाइ छ। रुगाखोकी, निमोनिया, दमका साथै बालबालिकामा निमोनिया, कोल्ड डाइरिया बढीरहेको चिकित्सकले बताएका छन्। दैनिक उपचारमा आउने बिरामीमध्ये ६० प्रतिशतमा यस्ता समस्याका बिरामी हुने गरेको बताइएको छ।

जिल्ला अस्पताल सिरहाका मेडिकल सुपरिडेन्टेन्ट डा. नागेन्द्र यादवकाअनुसार जाडो मौसममा दैनिक एक सयदेखि डेढसय जना बिरामी आउने गरेका छन्। उपचारको लागि अस्पताल आउने बिरामीमध्ये ५० प्रतिशत चिसोको कारण विरामीहरु रहेको उनले बताए। अस्पतालमा रुगाखोकी र ज्वरोका बिरामी उपचारमा पुग्ने गरेको उनले बताए।

धेरै जसो रुघाखोकी र ज्वरोका विरामी निजी क्लिनिक र अस्पतालहरुमा पुग्ने गरेका छन्। ‘रुगाखोकीको सुरुमा सकेसम्म सामान्य औषधी आफैँ किनेर खाने प्रचलन देखिन्छ, त्यो कारण पनि सबै अस्पताल पुग्दैनन्’ लहान अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा.विरेन्द्र कुमार मण्डलले बताए।

चिसोको कारण सबैभन्दा बढी एक वर्ष मुनिका बालबालिका प्रभावित हुने गरेको पाइन्छ। यी बालबालिकामा झालापखाला र निमोननियाको संक्रमण बढी देखिएको चिसित्सकहरु बताउँछन्।

चिसोबाट जोगाउन सिरहाको विभिन्न स्थानमा सुरक्षाकर्मीले वितरण गरेको न्यानो कपडा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..