लहानबासी भन्छन् : वाह , डिएसपी हुन् त थापा जस्तो

सिरहा । दशै तिहार लगायतका चाडपर्व र उत्सवहरुमा सिरहाको लहानमा सँधै झैझगडा हुने गथ्र्यो । मदिरा सेवन गरेर होहल्ला गर्ने र सामाजिक बिकृती निम्तिएका घट्नाहरु पनि बिगतका चाडबाडमा प्रशस्त हुने गर्थे ।

तर यसपालीको दशैमा त्यस्तो कुनै अपृय घट्ना भएनन् । न त मदिरा सेवन गरेर सार्वजानिक रुपमा कसैले होहल्ला नै गर्यो । किन त ? किनभने यसपालीको दसैँमा ईलाका प्रहरी कार्यालयका ईञ्चार्ज डिएसपी शरत कुमार थापा क्षेत्रीले कडा ड्यूटी गरे ।

दसै सुरु हुनु अघि नै डिएसपी क्षेत्रीले गाउँगाउँमा पुगेर घरेलु मदिरा भारीमात्रा नियन्त्रणमा लिएर नष्ट गरे । २४ सै घण्टा सुरक्षा ब्यवस्था कडा गरे । त्यसैले यसपाली दसैमा लहानमा त्यस्तो अपृय घट्ना घटेन ।
दसैमा शान्तिसुरक्षा कायम गर्न अहोरात्र खटेका डिएसपी क्षेत्रीको कामप्रतीको लगन देखेर अहिले लहानबासी भन्ने गर्छन् , वाह , डिएसपी हुन त शरत कुमार थापा क्षेत्री जस्तो ।

डिएसपी क्षेत्रीले गरे ईप्रकामा खानेपानीको ब्यवस्था
डिएसपी क्षेत्रीको प्रयासमा ईलाका प्रहरी कार्यालयमा धारा जडान भएको छ । वोरिगं मार्फत मोटरबाट खानेपानीको ब्यवस्था गरिएको हो ।
ईप्रका स्थापनाकाल देखी खानेपानीको ब्यवस्था हुन सकेको थिएन ।

त्यस्तै डिएसपी थापाले जनप्रतिनिधीहरुको सहयोगमा धनगडी र ठाँडीमा प्रहरी चौकीका लागि जग्गा ब्यवस्था गरेकाछन् ।
डिएसपी थापा क्षेत्रीले धनगडीको बिष्णुपुरमा ५ कठ र ठाँडीमा ५ धुर जग्गाको ब्यवस्था गरेका हुन्

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..