सिडियो पाण्डे किसानको खेतमा

काठमाडौं । प्रमुख जिल्ला अधिकारी ( सिडियो ) योगेन्द्रप्रसाद पाण्डेले शनिबार दुधौली नगरपालिकाको विभिन्न वडामा किसानको खेतबारीमा पुगेर तरकारी खेती तथा अन्य आयमुलक गतिविधिको निरिक्षण गर्नु भएको छ ।

सहकार्य नेपाल सिन्धुलीले दुधौली नगरपालिकाको विभिन्न वडामा सञ्चालन गरेको विभिन्न परियोजनाको सरोकारवाला निकायबाट स्थलगत संयुक्त अ नुगमन गर्ने क्रममा सिडियो पाण्डेले खेतबारीमा नै पुगेर किसानले गरेको तरकारी खेती नियाल्नु भएको हो ।

उक्त सस्थाले वडा नं. १, ५, ९ र ११ मा सञ्चार गरेको विभिन्न उद्यमशिल गतिविधि तथा सहकारी संस्थाका क्रि याकलापको सरोकारवाला निकायका व्यक्तिहरुबाट निरिक्षण गरिएको थियो । दुधौली नगरपालिका–५ डुडाहामा किसानले गरेको तरकारी खेती निरिक्षण गर्दै प्रजिअ पाण्डेले परियोजनाले सञ्चालन गरेका उद्यमशिलता गतिविधि उ त्साहजनक पाईएको बताउनुभयो ।

उहाँले तरकारी खेतीमा संलग्न किसानलाई अर्गानिक उत्पादनमा जोड दिन आग्रह गर्नु हुदै नि र्बाहमुखि व्यवसाय छाडेर व्यवसायिक बन्न सु झाब दिनुभयो । प्रजिअ पाण्डेले गाँउघरमा उब्जेको गाईबस्तुको मल हालेको उत्पादन खायो भने स्वास्थयलाई पनि फाईदा पुग्ने बताउनुभयो ।

अनुगमन टोलीमा संलग्न जिल्ला समन्य समिति प्रमुख शंकरराज बर्मा तिबारीले किसानलाई थोरै क्षेत्रफलमा भन्दा पनि बढी क्षेत्रफलमा तरकारी खेती गर्न सुझाब दिनुभयो । उहाँले भन्नुभयो, “थोरै क्षेत्रफलमा गरिएको तरकारी उत्पादनलाई सँधै बजारको अभाव भई रहन्छ । त्यही तरकारी धेरै क्षेत्रफल जमिनमा खेती गरेर बढी उत्पादन गरियो भने व्यापारी तरकारी किन्न घरमै आई पुग्छन् । बजारको अभाव हुदैन ।”

डुडाहा निवासी किसान बिमला पोख्रेलले कोभिड १९ बाट प्रभावित घर परिवारलाई सामाजिक तथा आर्थिक पुनर्लाभ परियोजना अन्तर्गत चार जना मिलेर एक बिघा जमिनमा काउली, बोडी, भाण्टा, मुला, टमाटर, ब्रोकाउली, प्याज खेती गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “ल कडाउनको समयमा गत बैशाख महिनाबाट सुरु गरेको तरकारी खेतीबाट सबैलाई ८५ हजार रुपियाका दरले फाईदा भयो । त्यसले झन उत्साहित भएर अहिले पनि एक बिघाभन्दा बढी जमिनमा तरकारी खेती गरि रहेका छौं ।” सामूहिक तरकारी खेती गर्दा श्रमको अभाव नहुने अनुभव उहाँले सुनाउनुभयो ।

त्यस्तै दुधौली नगरपालिका–११ पत्रिङा निवासी फुलकुमारी अधिकारीले १५ कठ्ठा जमिनमा गरेको तरकारी खेतीबाट एक बर्षमा एक लाख ८० हजार रुपिया फाईदा लिएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “एक लाख रुपियाको काँक्रा बेचे, ८० हजार जतिको काउली बिक्री गरे । गाँउघरमा र दुधौली बजारमा तरकारी पुर्‍ याई उक्त आम्दानी लिएको हुँ ।”

कोभिड १९ बाट प्रभावित घर परिवारलाई सा माजिक तथा आर्थिक पु नर्लाभ परियोजना, सम्मान परियोजना, महिला रोजगारीका लागि दिगो बित्तिय पँहुच परियोजनाले सञ्चालन गरेको उद्यमशिलता गतिविधि अ नुगमन तथा निरिक्षण गरिएको थियो ।

उक्त अनुगमन कार्यमा जिल्ला समन्वय प्रमुख शंकरराज बर्मा तिवारी, प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे, घरेलु तथा महिला उद्यमी महासंघका बजार प्र्रतिनिधि भुपेन्द्र लम्साल, जिल्ला समन्वय अधिकारी डिकबहादुर कार्की, सहकार्य नेपालका अध्यक्ष खेटराज अधिकारी, सञ्चारकर्मी र संस्थाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

अनुगमन मा सहभागिहरुले आलु खेती, अन्य तरकारी खेती, टर्की पालन व्यवसाय, दुधौली स्वा स्थ्य चौकीलाई बितरण गरिएको स्वा स्थ्य सामग्री, ढाका कपडा बुनाई, थाकलको झोला उत्पादन, टपरी उद्योग लगायतको अ नुगमन तथा निरीक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..