पूर्वमन्त्री बस्नेतलाई फेसबुकमा गाली गरेको आरोपमा पूर्व प्रहरी पक्राउ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ओली समूह ) का नेता तथा पूर्वसञ्चार मन्त्री महेश बस्नेतलाई फेसबुकमा गाली गरेको आरोपमा प्रहरीले एक पूर्व प्रहरीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रहरीबाट स्वेच्छिक अवकाश लिएका सहायक निरीक्षक (असई) डिल्लीबहादुर चन्द छन् । साइबर ब्युरोले जिल्ला प्रहरी कार्यालय बाँकेसँग समन्वय गरेर नेपालगञ्जबाट चन्दलाई मंगलबार पक्राउ गरेको हो ।

उनीविरुद्ध विद्युतीय अपराध ऐन अनुसार कारबाहीका लागि कानुन व्यवसायीमार्फत जाहेरी परेपछि पक्राउ गरिएको ब्युरोका एसएसपी नविन्द अर्यालले बताए । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई बस्नेतसहित किसन गुरुङ, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपहरण शैलीमा काठमाडौं ल्याएको विषयमा विष्टले फेसवुकमा टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..