सवारी दुर्घटना एक जनाको मृत्यु

विराटनगर । मोरङको बिराटनगर महानगरपालिका-३ पिपल चोकमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

आज बिहान ८ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको NL01L5784 नम्बरको ईन्डियान लहरीले जेब्राक्रसिङमा बाटो क्रस गर्दै गरेका पैदल यात्री बिराटनगर-४ का ७५ बर्षीय राम प्रसाद पोखरेललाई ठक्कर दिंदा घाईते भएका पोखरेलको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ठक्कर दिने लहरी र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..