बालकको हत्या गरेको अभियोगमा पक्राउ


धनुषा । बिदेह नगरपालिका-२ दुहबी बस्ने जिवन रायको छोरा ६ वर्षीय अभिन्दन रायको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६० वर्षीय ब्रम्हदेव राय लगायत ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

घर अगाडी खेल्ने क्रममा बुधबार दिउँसोबाट हराई बेपत्ता भएका अभिन्दनको बिहीबार ब्रम्हदेवको गोठमा गाडिएको अवस्थामा शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा र सिमा प्रहरी चौकी दुहवीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..