चिसोमा कापदैं आएका बृद्धलाई सिडियो कणेलको कम्बल

सिरहा । प्रशासन सेवामा मात्र नभई सदैव समाजिक सेवामा समेत सक्रिय रहेका एक कुशल प्रशासक प्रमुखको नाम हो प्रदिपराज कणेल । रौतहटको भुमिमा जन्मेका प्रदिपराज कणेल जिल्ला प्रशासन कार्यालय प्रमुखमा नभई एक सक्षम र योग्य समाजिक अभियन्ता पनि हुन् ।

देशका विभिन्न जिल्लामा प्रशासकको भुमिकामा रहि कुशलताका साथ कार्य गरेका प्रजिअ कणेल जिल्ला प्रशासन कार्यालय सिरहामा एक अनौठो कार्य गरि सबैलाई चकित बनाएका छन् ।

सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिन समयमा विना झनझट सेवा पाउनु नै ठुलो खुशीको कुरा रहेको बेला प्रजिअ कणेलको उदार चरित्र त्यति बेला सबैले देखे जति बेला चिसो मौसममा काँप्दै आएका सेवाग्रहीले उपहार लिएर घर जान पाए ।

प्रसङ्ग हो, बुधबार जिल्ला प्रशासन कार्यालय सिरहामा नागरिकता लिन आएका सिरहा जिल्लाको अर्नमा २ की ७० वर्षीय साजो डोमले सहजै नागरिकता पाउनुको साथै प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको हातबाट न्यानो लुगा पाइन । वृद्धभत्ताको भरमा जीवन चलाइरहेकी अर्नमा २ की ७० वर्षीया वृद्धा साजो डोमले आफूले मर्ने बेलामा छोरा पाए सरह भएको बताइन् । उनले भनिन्, ‘भत्ताको पैसा घर खर्चमै ठीक हुन्छ । जाडो लागेको यत्रो समय भइसक्यो, तर एकसरो तातो लुगा किन्न सकिएन । आज जिल्ला प्रशासन कार्यालय सिरहाबाट नागरिकता लिन समयमा सहजै रुपमा नागरिकताको प्रतिलिपी साथै प्रशासकको रूपमा भगवानले तातो लुगा दिएर पठाउनुभयो ।

उहाँको कल्याण होस् ।’ त्यस्तै, रामेश्वर डोमले न्यानो कपडा दिएबापत उनलाई प्रशासक होइन आफ्नै छोरा सम्झेर माया र आशीर्वादबाहेक आफूसँग उनलाई दिन केही नभएको बताए । साथै, उनले जसलाई भोट दिए उनीहरुले दर्शन पनि नदिएको तर सेवाग्राहीलाई उनले बिना स्वार्थ न्यानो कपडा दिएर ठूलो गुन लगाएको बताइन् । रौतहट जिल्लाका स्थानीय बासिन्दासमेत रहेका प्रजिअ कणेलले आफ्नै व्यक्तिगत लगानीमा न्यानो लुगा वितरण गर्दै आएको बताए। उनले भने ‘जाडोले कतिपय असहाय तथा वृद्ध आमा बुबालाई समस्या हुँदै आएको थियो ।

हामीले जाडोमा उहाँहरुलाई अलिकति भए पनि न्यानो होस् भन्ने उद्देश्यले केही लुगा वितरण गरेका छौँ । त्यसमा मेरो कुनै व्यक्तिगत स्वार्थ छैन । म मेरो कमाइको केही अंंशले सेवा गर्न चाहन्छु ।’ उनले थपे ‘आफ्नो कमाइको केही अंशले जाडोमा न्यानो लुगासँग विपन्न वर्गको माया साट्दा असाध्यै आनन्द हुन्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..