चोरी भएको मोटरसाईकल सहित चोरी गर्ने २ जना पक्राउ


झापा, पौष १६ गते बिहीबार ।।

सुरक्षा खबर

झापाको गौरादह नगरपालिका-२ बाट मोटरसाईकल चोरीमा संग्लग्न २ जना पक्राउ परेका छन् ।

गत मंगलवार राती साँढे १२ बजे दमक नगरपालिका-७ मा रहेको एडभान्स अस्पताल परिसरबाट प्रदेश १-०२-०४३ प ६८७७ नम्बरको पल्सर मोटरसाईकल हराएको भनी जानकारी पाए लगत्तै खोजतलासमा खटिएको प्रहरी टोलीले सोही दिन बेलुका ७ बजे गौरादह नगरपालिका-७ को एक घरबाट चोरी भएको मोटरसईकल फेला पारेको थियो ।

मोटरसाईकल फेला परेसंगै चोरीमा संग्लग्नहरुको खोजतलास गर्ने क्रममा चोरीमा संग्लग्न रहेका गौराहद नगरपालिका-२ का २४ बर्षीय मोहन प्रसाद ताजपुरिया र २९ बर्षीय दिपक न्यौपानेलाई पक्राउ गरेको र निजहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको गरेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..