चोरी भएको मोटरसाईकल सहित चोरी गर्ने २ जना पक्राउ


झापा, पौष १६ गते बिहीबार ।।

सुरक्षा खबर

झापाको गौरादह नगरपालिका-२ बाट मोटरसाईकल चोरीमा संग्लग्न २ जना पक्राउ परेका छन् ।

गत मंगलवार राती साँढे १२ बजे दमक नगरपालिका-७ मा रहेको एडभान्स अस्पताल परिसरबाट प्रदेश १-०२-०४३ प ६८७७ नम्बरको पल्सर मोटरसाईकल हराएको भनी जानकारी पाए लगत्तै खोजतलासमा खटिएको प्रहरी टोलीले सोही दिन बेलुका ७ बजे गौरादह नगरपालिका-७ को एक घरबाट चोरी भएको मोटरसईकल फेला पारेको थियो ।

मोटरसाईकल फेला परेसंगै चोरीमा संग्लग्नहरुको खोजतलास गर्ने क्रममा चोरीमा संग्लग्न रहेका गौराहद नगरपालिका-२ का २४ बर्षीय मोहन प्रसाद ताजपुरिया र २९ बर्षीय दिपक न्यौपानेलाई पक्राउ गरेको र निजहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको गरेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..