लागुऔषध कारोवारीले कसरी छल्न खोज्छन् प्रहरीको आँखा ?

लहान : प्रहरीको आँखा छल्दै पेटको छालामा लागुऔषध बाँधेर उदयपुर छिराउन खोज्ने एक कारोवारी पक्राउ परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर – ७ लालपत्तामा चेकजाँच गर्दा २४ वर्षीय कारोवारी पवन चौधरी प्रहरीको नियन्त्रणमा परेका हुन् ।

सिराहबाट उदयपुर सदरमुकाम गाईघाट जाँदै गर्दा समातिएका कारोवारी चौधरीको साथबाट ‘डाईजेल्याप’ २३ एम्पुल, नुफिन २३ एम्पुल र प्रोमिथाईजिन २३ एम्पुल गरी जम्मा ६९ एम्पुल प्रतिबन्धित लागुऔषध बरामद भएको छ । चौधरीको साथमा रहेको बिभिन्न कम्पनीका दुई थान मोवाईलसमेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए ।

हालसम्मको अनुसन्धानमा जिल्लाका कारोवारीले तराई क्षेत्रबाट उदयपुर प्रवेश गर्ने मुख्य नाका सडक लालपत्तामा हुदै चल्ने सडक रुट प्रयोग गर्नेगरेको विशेष सूचना आएपछि चेकजाँचलाई कडाई गरिएको प्रवक्त डिएसपी गौतमले बताए । अन्य कारोवारी र अघिल्ला पटक भेटिएका कारोवारीले प्राय झोला, मोटरसाईकलको भित्री पार्टस्लगायतको ठाउँहरुमा लुकाउने गरेको भएपनि यसपटक भने प्रहरीलाई झुक्याउने मनसायले पेटमा कार्टुन टेप प्रयोग गरी नयाँ तरिकाबाट भित्राउन खोजिएको प्रहरी अनुसन्धानमा देखिएको छ ।

पक्राउ पर्ने कारोवारीको स्थायी घर सिराह जिल्ला नवराजपुर नगरपालिका वडा नम्बर ६ रहेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा पक्राउ परेका चौधरी उदयपुरमा बिभिन्न प्रतिबन्धित लागुऔषध भित्राउनेमध्येका प्रमुख एक रहेको बताइएको छ । जिप्रका उदयपुुर प्रवक्ता गौतमका अनुसार उनी लामो समयदेखि नै उदयपुरमा लागुऔषध भित्राएर कारोवारको गर्दै आएको बुझीएको छ ।

लागुऔषधबिरुद्व कडा रुपमा उत्रिएको उदयपुर प्रहरीले पछिल्लो समय नियन्त्रणको क्षेत्रमा निकै ठूलो सफलता पाउदै आएको छ । सेवनकर्ताभन्दा बढी कारोवारीतर्फ कडा रुपमा देखिएको प्रहरीले केही दिनअघि मात्र उदयपुरको बिभिन्न ठाउँबाट प्रतिबन्धित ब्राउन सुगरका ९ जना कारोवारी एकैसाथ सार्वजनिक गरेको थियो । जसमा एक महिलाको पनि संलग्नता देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..