लागुऔषध कारोवारीले कसरी छल्न खोज्छन् प्रहरीको आँखा ?

लहान : प्रहरीको आँखा छल्दै पेटको छालामा लागुऔषध बाँधेर उदयपुर छिराउन खोज्ने एक कारोवारी पक्राउ परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर – ७ लालपत्तामा चेकजाँच गर्दा २४ वर्षीय कारोवारी पवन चौधरी प्रहरीको नियन्त्रणमा परेका हुन् ।

सिराहबाट उदयपुर सदरमुकाम गाईघाट जाँदै गर्दा समातिएका कारोवारी चौधरीको साथबाट ‘डाईजेल्याप’ २३ एम्पुल, नुफिन २३ एम्पुल र प्रोमिथाईजिन २३ एम्पुल गरी जम्मा ६९ एम्पुल प्रतिबन्धित लागुऔषध बरामद भएको छ । चौधरीको साथमा रहेको बिभिन्न कम्पनीका दुई थान मोवाईलसमेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए ।

हालसम्मको अनुसन्धानमा जिल्लाका कारोवारीले तराई क्षेत्रबाट उदयपुर प्रवेश गर्ने मुख्य नाका सडक लालपत्तामा हुदै चल्ने सडक रुट प्रयोग गर्नेगरेको विशेष सूचना आएपछि चेकजाँचलाई कडाई गरिएको प्रवक्त डिएसपी गौतमले बताए । अन्य कारोवारी र अघिल्ला पटक भेटिएका कारोवारीले प्राय झोला, मोटरसाईकलको भित्री पार्टस्लगायतको ठाउँहरुमा लुकाउने गरेको भएपनि यसपटक भने प्रहरीलाई झुक्याउने मनसायले पेटमा कार्टुन टेप प्रयोग गरी नयाँ तरिकाबाट भित्राउन खोजिएको प्रहरी अनुसन्धानमा देखिएको छ ।

पक्राउ पर्ने कारोवारीको स्थायी घर सिराह जिल्ला नवराजपुर नगरपालिका वडा नम्बर ६ रहेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा पक्राउ परेका चौधरी उदयपुरमा बिभिन्न प्रतिबन्धित लागुऔषध भित्राउनेमध्येका प्रमुख एक रहेको बताइएको छ । जिप्रका उदयपुुर प्रवक्ता गौतमका अनुसार उनी लामो समयदेखि नै उदयपुरमा लागुऔषध भित्राएर कारोवारको गर्दै आएको बुझीएको छ ।

लागुऔषधबिरुद्व कडा रुपमा उत्रिएको उदयपुर प्रहरीले पछिल्लो समय नियन्त्रणको क्षेत्रमा निकै ठूलो सफलता पाउदै आएको छ । सेवनकर्ताभन्दा बढी कारोवारीतर्फ कडा रुपमा देखिएको प्रहरीले केही दिनअघि मात्र उदयपुरको बिभिन्न ठाउँबाट प्रतिबन्धित ब्राउन सुगरका ९ जना कारोवारी एकैसाथ सार्वजनिक गरेको थियो । जसमा एक महिलाको पनि संलग्नता देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..