एसईईको मिति र विधिबारे निर्णय हुनै बाँकी, आवेदन फारम माघ २१ गतेभित्र भरिसक्नुपर्ने

काठमाण्डाै – सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)को रजिस्ट्रेशन र आवेदन फारम खुलाए पनि परीक्षा मिति र परीक्षाको विधिबारे भने अझै टुंगो लगाउन सकेको छैन ।

चैतमा हुँदै आएको एसईईको परीक्षा जेठमा गर्ने तयारी भए पनि यसबारे निर्णय हुन बाँकी छ । चैत, वैशाखसम्म विद्यार्थीलाई पढ्नका लागि समय दिनुपर्ने भएकाले जेठ महिनामा परीक्षा लिन उपयुक्त हुने भन्दै राष्ट्रिय परीक्षा बोर्डले त्यसैअनुसार तयारी भइरहेको जनाएको छ । तर परीक्षा कुन विधिबाट सञ्चालन गर्ने भन्ने चाहिँ निर्णय भइसकेको छैन ।

विद्यार्थीको भौतिक उपस्थिति, अनलाइन या अरु कुन माध्यमबाट सञ्चालन गर्ने भन्नेबारे छलफल भइरहेको बोर्डले जनाएको छ । यस वर्षको एसईई परीक्षामा समावेश हुनका लागि आजदेखि माघ २१ गतेसम्म रजिस्ट्रेशन र आवेदन फारम भरिसक्न बोर्डले सूचना निकालेको छ ।

कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएको परिस्थितिले अन्यौलकाबीच यसपालि राजिष्ट्रेशन फारम र आवेदन फारम भर्ने समय ढिलो गरेर तोकिएको हो । २०७६ सालमा विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..