लमजुङमा गोरु जुधाइ : हेर्नेको घुइँचो !

लमजुङ – सुख–सुविधाका लागि गाउँबाट शहर जानेको संख्या बढ्दो छ । समयको परिवर्तनसँगै खेतीपातीका लागि नवीनतम् प्रविधिको विकास भएकाे छ । याेसँगै हल गोरु पाल्ने क्रम पनि विस्तारै घट्दै छ ।

पछिल्लो समय गाउँघरमा गोरु पाल्ने किसानको संख्या घट्दै गएकाले गोरु पालनमा किसानको आकर्षण बढाउने उद्धेश्यले लमजुङमा ‘गोरु जुधाइ प्रतियोगिता’ सञ्चालन गरिएको छ । लमजुङको राइनास नगरपालिका–८, मा रहेको भेटघाट चोक रयलेफाँटमा बुधबार ‘गोरु जुधाइ प्रतियोगिता’ सञ्चालन गरिएको हो ।

 

गोरु पालनमा किसानको आकर्षण बढाउने उद्देश्यले राइनास नगरपालिकाको सहयोगमा गाेरु जुधाई प्रतियोगिता सञ्चालन गरिएको प्रतियोगिता आयोजक संस्था गोरु पालक किसान समूह, राइनासका अध्यक्ष जगदीशराज पाण्डेले बताउनुभयो । ‘यस कार्यक्रमलाई अब बर्सेनि व्यवस्थित रुपमा मनाइने छ,’ उहाँले भन्नुभयो ।

 

घर–गाउँमै पहिलोपटक गोरु जुधाइ हेर्न पाउँदा रमाइलो अनुभूति भएको स्थानीय सुरेश रानाभाटले बताउनुभयो । गोरु जुधाइ कार्यक्रमले गोरु पालनमा लाग्न किसानलाई प्रेरणा मिलेको र यसलाई आफूहरुले उत्सवको रुपमा लिइएको अर्का स्थानीय दिनेशचन्द्र घिमिरेले बताउनुभयो ।

 

पन्ध्र पुसको अवसरमा सञ्चालन गरिएको गोरु जुधाइ हेर्न आउने दर्शकको भीड लागेको थियो । लमजुङको राइनास नगरपालिकाका साथै सुन्दरबजार नगरपालिका, तनहुँको भानु नगरपालिका लगायतका ठाउँबाट मानिसहरु गोरु जुधाइ हेर्न आएका थिए ।

 

गोरु जुधाइ प्रतियोगितामा स्थानीय १० जना किसानले गोरु ल्याएका थिए । प्रतियोगितामा अच्युत जोशीको गोरु प्रथम, विष्णुबहादुर नेपालीको गोरु दाेस्राे, शंकर पाण्डेकोको गोरु तेस्राे र रामकृष्ण ओलियाको गोरु सान्त्वना भएको प्रतियोगिता मूल्यांकन समितिका संयोजक दुर्गाभक्त धमलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..