लाइसेन्सका लागि अनलाइन फारम कसरी भर्ने ?

काठमाण्डौ – नौ महिनापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन फारम खुला भएसँगै आवेदन दिनेको चाप छ ।

लामो समयपछि फारम खुलेकाले आवेदन दिनेको चाप भएकाले अनलाइन साइट नखुल्ने समस्या देखिएको र समस्या समाधानको प्रयास पनि भइरहेको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

अहिलेलाई दैनिक कोटा तोकेर आवेदन लिन थालिएको यातायात व्यवस्था विभागका निर्देशक एवम् सूचना अधिकारी डाक्टर लोकनाथ भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले मोटरसाइकलमा दैनिक एक सय, स्कुटर र चार पाङ्ग्रे गाडीमा ५०/५० गरी कुल दुई सय जनाले अनलाइन आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

लाइसेन्सका लागि अनलाइनमार्फत कसरी आवेदन दिने त ?

१) सुरुमा यातायात व्यवस्था विभागको वेबसाइट www.dotm.gov.np खोल्ने र ‘अनलाइन सवारी चालक अनुमति पत्र प्रणाली’ लिंकमा क्लिक गर्ने ।

२) त्यहाँ सबैभन्दा माथि रहेको ‘Online Driving License Registration ’मा क्लिक गर्ने र ’सिटीजनसिप’मा नेपाल छानेर New license मा अप्लाई गरि प्रोसिड गर्ने ।

३) त्यसपछि त्यहाँ खुल्ने फारम भर्ने र सबै विवरणभरि ‘submit’ मा क्लिक गर्ने । (त्यहाँ भएका ‘category ’ र ‘mobile number ’ भर्नै पर्छ, एक पटक लेखेपछि मिलाउन पनि मिल्दैन ।)

४) अनलाइनमा फारम भरेर विभागको सिस्टमले एक्सेप्ट गरेपछि आवेदकले भरिएको पेपर प्रिन्ट गरी आफूसँग राख्नुपर्छ । तोकिएको समयमा आवेदक फारमसहित बायोमेट्रिक दिनका लागि सम्बन्धित यातायात कार्यालयमा पुग्नुपर्छ । बायोमेट्रिक दिनबारे वेबसाइटमै उल्लेख छ । बायोमेट्रिकमा आवेदकको फोटो खिच्ने, औंठाको छाप लिनेलगायतका कामहरु गरिन्छ ।

५) अनलाइनमा आवेदन दिएपछि सिस्टमले नै विभागको कार्यालयमा कहिले उपस्थित हुने भनेर सूचना दिन्छ । त्यसपछि फारम, आफ्नो नागरिकता र अन्य कागजातका साथमा उपस्थित हुनुपर्छ ।

६) तोकिएको कोटा नसकिएसम्म बिहान ६ बजेदेखि राति १० बजेसम्म फारम भर्न मिल्छ ।

७) परीक्षामा असफल भएको खण्डमा ९० दिनसम्म अर्को फारम भर्न पाइँदैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..