कोरोनाबाट विदेशमा ज्यान गुमाएकाका आफन्तलाई आइएमईकाे सहयाेग

काठमाण्डौ : कोरोना भाइरसबाट विदेशमा ज्यान गुमाएका श्रमिकका आफन्तलाई आइएमई ‘भरोसा कोश’ मार्फत रकम वितरण गरिएको छ । कोशमार्फत आवेदकहरूलाई जनही ५० हजार रुपैयाँका दरले सहयोग रकम प्रदान गरिएको हो ।

मङ्गलबार प्रदेश नं २ को सिरहामा एक कार्यकमबीच आइएमई लिमिटेडका प्रबन्धक रोशन रखाल, आइएमईका क्षेत्रीय प्रतिनिधि अरुणकुमार भण्डारीले संयुक्त रूपमा आवेदक स्व. प्रसाद मण्डलकी पत्नी मञ्जुकुमारी देवीलाई चेक हस्तान्तरण गर्नुभएको हो।

आइएमई पे वालेटमार्फत रकम भुक्तान लिन सक्ने पनि व्यवस्था मिलाइएको छ ।आइएमईले कोशको सहयोग रकम पुस मसान्तसम्म हस्तान्तरण गरिसक्ने लक्ष्य लिएको छ । कोभिड–१९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएकाले तिनका परिवारलाई सहयोग गर्ने सोचकासाथ भरोसा कोशको स्थापना गरिएको हो ।

यस कोशले प्रभावित परिवारलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । सन् २०२० को जनवरी १ देखि अक्टोबर १६ (२०७६ साल पुस १६ देखि २०७७ साल असोज ३०) सम्म कोभिड–१९ का कारण विदेशमा ज्यान गुमाएका नेपाली श्रमिकका आफन्तले आवेदन दिन सक्नेछन् ।

साथै आवश्यक विवरणसहित आइएमई ग्रुपको केन्द्रीय कार्यालयका सबै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा गएकाे मंसिर १५ गतेसम्म आवेदन दिन सक्ने गरेर व्यवस्था मिलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..