जानकी मन्दिरको धार्मिक महत्व

जनकपुरधाम : जानकी मन्दिरलाई पवित्र हिन्दू धर्मस्थलको रुपमा चिनिन्छ । मन्दिर सीताको जन्मस्थल जनकपुरमा अवस्थित छ । मुगल शैलीमा बनाइएको नेपालको ख्याती प्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ । प्राचिन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र हो । भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको किंवदन्ती छ । त्यसैले मन्दिरलाई नौलखा मन्दिर पनि भनिन्छ । सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मन्दिर निर्माण पूरा भएको थियो । मन्दिर मिथिलाञ्चलबासीका लागि सांस्कृतिक धरोहर पनि हो । मन्दिरको वार्षिक क्यालेन्डर अनुसार सम्पूर्ण क्रियाकलाप मिथिला विधि अनुरूप हुने गरेको छ ।

राम जन्मको अवसरमा हरेक चैत्रमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामा कोजाग्रत, साउन(भदौमा झुला, फागुनमा परिक्रमा लगायत मनाइनु यसका उदाहरण हुन् । धार्मिक र सास्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताको धरोहरको रुपमा रहेको छ जानकीधाम । मन्दिर १९११ ई.स.मा टीकमगढकी (भारत) राजकुमारी वृषभानुद्वारा निर्माण गरिएको हो । नेपालको क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो मन्दिर हो । मन्दिर निर्माणको सवा सय वर्ष जति मात्र भए पनि यसमा स्थापित रामजानकीका प्रतिमा झन्डै सात सय वर्ष पुराना भएको संस्कृतिविद्को भनाइ छ । वि.सं. १४१७ मा भारतको राजधानस्थित लोहागढबाट जनकपुर आएका आदि महन्थ सुरकिशोरदास वैष्णवले रामजानकीको प्रतिमा फेला पारेको बताइन्छ । १७८४ मा मकवानपुरका राजा मानिक सेनले जानकी मन्दिरको नाउँमा १४ सय बिघा दान दिएको लिखत प्रमाण आजसम्म पनि सुरक्षित रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..