जानकी मन्दिरको धार्मिक महत्व

जनकपुरधाम : जानकी मन्दिरलाई पवित्र हिन्दू धर्मस्थलको रुपमा चिनिन्छ । मन्दिर सीताको जन्मस्थल जनकपुरमा अवस्थित छ । मुगल शैलीमा बनाइएको नेपालको ख्याती प्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ । प्राचिन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र हो । भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको किंवदन्ती छ । त्यसैले मन्दिरलाई नौलखा मन्दिर पनि भनिन्छ । सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मन्दिर निर्माण पूरा भएको थियो । मन्दिर मिथिलाञ्चलबासीका लागि सांस्कृतिक धरोहर पनि हो । मन्दिरको वार्षिक क्यालेन्डर अनुसार सम्पूर्ण क्रियाकलाप मिथिला विधि अनुरूप हुने गरेको छ ।

राम जन्मको अवसरमा हरेक चैत्रमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामा कोजाग्रत, साउन(भदौमा झुला, फागुनमा परिक्रमा लगायत मनाइनु यसका उदाहरण हुन् । धार्मिक र सास्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताको धरोहरको रुपमा रहेको छ जानकीधाम । मन्दिर १९११ ई.स.मा टीकमगढकी (भारत) राजकुमारी वृषभानुद्वारा निर्माण गरिएको हो । नेपालको क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो मन्दिर हो । मन्दिर निर्माणको सवा सय वर्ष जति मात्र भए पनि यसमा स्थापित रामजानकीका प्रतिमा झन्डै सात सय वर्ष पुराना भएको संस्कृतिविद्को भनाइ छ । वि.सं. १४१७ मा भारतको राजधानस्थित लोहागढबाट जनकपुर आएका आदि महन्थ सुरकिशोरदास वैष्णवले रामजानकीको प्रतिमा फेला पारेको बताइन्छ । १७८४ मा मकवानपुरका राजा मानिक सेनले जानकी मन्दिरको नाउँमा १४ सय बिघा दान दिएको लिखत प्रमाण आजसम्म पनि सुरक्षित रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..