काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीका (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ काठमाडौँ आइपुगेका छन् । राजनीतिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका उनले आजैदेखि यहाँका प्रमुख नेताहरुसँग उच्चस्तरीय भेटवार्ता सुरु गर्दैछन् ।

चीनकै विशेष विमानबाट ६ सदस्यीय टोलीसहित लिउ काठमाडौँ आएका हुन् । उनलाई बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका डेपुटी चिफ अफ प्रोटोकल रेवती पौडेलले स्वागत गरेका थिए । सो क्रममा सबै प्रमुख दलका विदेश विभाग हेर्ने नेताहरु पनि उपस्थित रहेको जनाइएको छ ।
४ दिने भ्रमणमा काठमाडौँ आएका लिउले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेट्ने कार्यक्रम रहेको छ । साे भेटमा चिनियाँ प्राेजेक्ट बिआरआई लगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

यसैगरी उनले भोलि सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग भेटवार्ता गर्ने तय भएको छ । मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ ।
बुधवार लिउको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सोही दिन उनी स्वदेश फर्कनेछन् ।
माडौं आइपुगेका उनले आजैदेखि यहाँका प्रमुख नेताहरुसँग उच्चस्तरीय भेटवार्ता सुरु गर्दैछन् ।


