श्रीलङ्काको राष्ट्रपति निवासमै प्रवेश गरे प्रदर्शनकारी, राष्ट्रपति भागे

एजेन्सी । श्रीलङ्कामा राष्ट्रपति गोटाबय राजपाक्षेको निवासमा प्रदर्शनकारीहरू प्रवेश गरेका छन् । तर राष्ट्रपति राजपाक्षै भने निवास छोडेर अन्यत्र गएका छन् । उनलाई सुरक्षित ठाउँमा सारिएको जनाइएको छ ।आर्थिक संकट बढेर चरम भोकमरी र अस्तव्यस्तको अवस्था आएपछि राजधानी कोलम्बोमा ठूलो भीड जम्मा भएको छ । उक्त ठूलो भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको समाचार विवरणहरुमा जनाइएको छ ।

केही वर्षयता आर्थिक अभाव झेल्दै आएको श्रीलङ्काले अहिले खाद्यान्न, इन्धन र औषधि लगायत अत्यावश्यक वस्तुकै अभावको सामना गरिरहेको छ ।


प्रदर्शनहरु दिनदिने उग्र हुँदै गएका छन् । यसै क्रममा शनिबार प्रहरीको घेरा र अवरोधहरु तोडेर प्रदर्शनकारीहरु राष्ट्रपति गोटाबयको सरकारी निवासमा प्रवेश गरेका हुन् । केही प्रदर्शनकारीहरू राष्ट्रपति भवनको पर्खालमा चढेर भित्र प्रवेश गरेका थिए । उनीहरूले राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन् ।


देशैभरिबाट प्रदर्शनकारीहरु राजधानी कोलम्बोमा भेला भएका छन् । शुक्रबारदेखि नै देशभरबाट कैयौँ विद्यार्थी सङ्गठनका प्रतिनिधिहरू र शनिबार थप ठूलो सङ्ख्यामा सवारी साधनहरू कोलम्बो प्रवेश गरेको बताइएको छ ।
सुरक्षा चुनौती बढेपछि हजारौँ प्रहरी र सैनिकहरू परिचालन गरिएका छन् ।

राष्ट्रपतिमाथि आक्रमण हुन सक्ने भन्दै सुरक्षित स्थानमा सारिएको हो । प्रहरीले भीड तितरबितर गर्न हवाइ फायर र अश्रुग्यास चलाएको छ । प्रदर्शनका क्रममा कैयौँ मानिस घाइते भएको र उनीहरुलाई अस्पताल लैजाँदै गरेको भिडियो फुटेजहरु बाहिर आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..